दोलखाका १० मतदान केन्द्रमा पुन: मतदान सुरू (तस्बिरहरू) – Nepal Press

दोलखाका १० मतदान केन्द्रमा पुन: मतदान सुरू (तस्बिरहरू)

दोलखा । दोलखा जिल्लाका १० वटा मतदान केन्द्रमा आज पुनः मतदान सुरु भएको छ ।

बुथ कब्जा तथा विवाद हुँदा स्थगित भएको मतदान पुनः सुरु भएको हो । मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । १० मतदान केन्द्रमा कुल ८ हजार ५१४ मतदाता रहेका छन् ।

वैतेश्वर गाउँपालिका वडा नम्बर ६ वैतेश्वर मावि मतदान केन्द्र क,ख र ग, वडा नम्बर २ जनज्योति माविका दुई मतदान केन्द्र र तामाकेशी गाउँपालिका ३ जफे हेल्थपोष्ट मतदान केन्द्रका दुई बुथमा पनि पुनः मतदान सुरु भएको छ भने बैतेश्वरकै कालिढुंगा माविका क, ख र ग सहित १० मतदान केन्द्रमा पुनः मतदान शुरु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर