दोलखाका १० मतदान केन्द्रमा आज पुनः मतदान हुँदै – Nepal Press

दोलखाका १० मतदान केन्द्रमा आज पुनः मतदान हुँदै

काठमाडौं । ।दोलखा जिल्लाका १० वटा मतदान केन्द्रमा आज पुनः मतदान हुँदैछ । बुथ कब्जा तथा विवाद हुँदा स्थगित भएको मतदान आज पुनः हुन लागेको हो ।

मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । १० मतदान केन्द्रमा कुल ८ हजार ५१४ मतदाता रहेका छन् ।

वैतेश्वर गाउँपालिका वडा नम्बर ६ वैतेश्वर मावि मतदान केन्द्र क,ख र गमा पुनः मतदान शुरु हुँदैछ ।

त्यस्तै सोही पालिका वडा नम्बर २ जनज्योति माविका दुई मतदान केन्द्र र तामाकेशी गाउँपालिका ३ जफे हेल्थपोष्ट मतदान केन्द्रका दुई बुथमा पनि पुनः मतदान हुँदैछ भने बैतेश्वरकै कालिढुंगा माविका क, ख र ग सहित १० मतदान केन्द्रमा पुनः मतदान शुरु हुँदैछ ।

पुन मतदान गराउने निर्वाचन आयोगको निर्णयअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार बिहान बैठक बसेर आजका लागि मतदानको मिति तोकेको थियो ।

आयोगको स्थलगत भ्रमण र अध्ययनपछि वैतेश्वर गाउँपालिका, तामाकोशी गाउँपालिकाका १० मतदान केन्द्रमा अनधिकृत कब्जा भएको पाइएकाले पुनः मतदानको सिफारिससहित आयुक्त रामप्रसाद भण्डारीले आयोग बैठकसमक्ष प्रतिवेदन पेश गरेका थिए ।

सिफारिसका आधारमा नै १० मतदान केन्द्रमा पुन मतदान शुरु हुन लागेको आयोगले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर