करिब ५ हजार गणना बाँकी हुँदा ज्ञानेन्द्र कार्कीसँग एमालेका जगदीश ९५ मतले पछाडि – Nepal Press

करिब ५ हजार गणना बाँकी हुँदा ज्ञानेन्द्र कार्कीसँग एमालेका जगदीश ९५ मतले पछाडि

काठमाडौं । सबैको ध्यान खिचेको सुनसरी ४ मा अब करिब ५ हजार मत गन्न बाँकी छ । ताजा परिणामअनुसार यहाँ कांग्रेस उम्मेदवार सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले झिनो मतले लिड गरिरहेका छन् ।

आजै रातिसम्म नतिजा सार्वजनिक गर्ने गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयको गणक टोलीले काम गरिरहेको छ ।

कार्कीले २८१६६ मत प्राप्त गरेका छन् । एमालेका जगदीशप्रसाद कुशियैत २८०७१ मत ल्याएर पछ्याइरहेका छन् । दुईजनाबीचको मतान्तर ९५ छ ।

बिहानको करिब साढे ३ सयबाट कुसियैतले मतान्तर घटाउँदै लगाएका हुन् ।

भर्खरै कोशी ६ र बराह १० को गणना सुरू गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर