श्रीलंकाविरुद्ध अफगान ब्याटर इब्राहिमको १६२ रनको पाली – Nepal Press

श्रीलंकाविरुद्ध अफगान ब्याटर इब्राहिमको १६२ रनको पाली

कोलम्बो । श्रीलंकाविरुद्ध जारी तीन खेलको एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाअन्तर्गत तेस्रो खेलमा अफगानिस्तानका ब्याटर इब्राहिम जद्रानले १६२ रनको शानदार पाली खेलेका छन् ।

प्रारम्भिक ब्याटर जद्रानको सतकीय योगदानपछि पहिला ब्याटिङ गरेको अफगानिस्तानले ३ सय १४ रनको लक्ष्य दिएको छ । इब्राहिमले एक सय ३८ बलमा ४ छक्का र १५ चौका प्रहार गरे। केवल ८ औँ एकदिवशीय अन्तर्राष्ट्रिय खेल खेलिरहेका इब्राहिमले यसअघि २ सतक बनाइसकेका छन् ।

उनले समग्रमा ३ वटा एकदिवसीय अन्तर्राष्ट्रिय सतक बनाएका छन् । २० वर्षीय जद्रानले सन् २०१९ मा सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।

श्रीलंकाविरुद्ध जारी श्रृंखलाको पहिलो खेलमा पनि इब्राहिमले सतक बनाएका थिए। तीन खेलको श्रृंखलामा अफगानिस्तान १-० ले अगाडि छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर