देशको अर्थतन्त्र संकटोन्मुख : कोइराला – Nepal Press

देशको अर्थतन्त्र संकटोन्मुख : कोइराला

विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले देशको अर्थतन्त्र संकटतर्फ उन्मुख भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

विराटनगरस्थित कोइराला निवासमा बुधबार बुद्धिजीवीहरुको भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले मुलुक आर्थिक रुपमा जर्जर हुने अवस्थामा पुगेको बताए ।

मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित कोइरालाले मुलुकलाई सही बाटोमा अगाडि बढाउन बुद्धिजीवीहरुले खबरदारी गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘मुलुकको अर्थतन्त्र एकदमै चिन्ताजनक अवस्थामा पुगेको छ । जबसम्म मुलुक आर्थिक रुपमा बलियो हुँदैन तबसम्म देशको विकास हुँदैन ।’

कोइरालाले बुद्धिजीवीहरुले देशलाई सही बाटोमा अगाडि बढाउन नेताहरुलाई खबरदारी गर्नुपर्नेमा जोड दिए । उनले सुशासन, आर्थिक पारदर्शितालाई आफूले प्रमुख एजेण्डा बनाएको सुनाए ।

सुशासनविना मुलुकको विकास नहुने भन्दै कोइरालाले भ्रष्टाचार अन्त्यका लागि सबै दल र नेताले प्रण गर्नुपर्नेमा जोड दिए । नेता कोइरालाले सुशासनका पक्षमा संसदमा सधैं आवाज उठाउनेसमेत प्रतिबद्धता जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर