नेपालको अर्थतन्त्र बिग्रियो, सुधार्न नसके दुर्घटना हुनसक्छः महासंघ – Nepal Press

नेपालको अर्थतन्त्र बिग्रियो, सुधार्न नसके दुर्घटना हुनसक्छः महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपालको अर्थतन्त्रमा अहिले बहुआयामिक असर परेको बताएको छ । राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्थामा सरकार पुगेको महासंघले जनाएको छ।

महासंघका अनुसार मूल्यवृद्धि ६ वर्षयताकै उच्च रहेको र निजी क्षेत्र संकुचित हुँदै गएको छ ।बहुप्रतिक्षित चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षाले पनि विद्यमान समस्या सम्बोधन गर्न नसकेको महासंघको भनाइ छ ।

महास‌ंघले  माैद्रिक नीतिकाे समीक्षा गर्दै अहिले सरकार, सर्वसाधारण र निजी क्षेत्र सबै नकारात्मक रुपमा प्रभावित  भएको निष्कर्ष निकालेकाे  छ ।  महास‌ंघका उपाध्यक्ष  चन्द्र ढकालले अर्थतन्त्रमा निराशाको अवस्था रहेकाे बताए ।

उनले भने,’अझै पनि हामी सचेत भएनौ भने अर्थतन्त्र दुर्घटनामा पछाैं ।  बजारमा नियमित उत्पादन र आपुर्ति भै रह्यो भने यसले सरकारको राजस्व, सर्वसाधारणको रोजगारी र निश्चित सिमाभित्र मुल्य कायम राख्ने सुनिश्चितता गर्छ ।’

यो अवस्थामा मुलुक आइपुग्नुमा मुलतः अन्तराष्ट्रियस्तरमा इन्धन लगायत कच्चा पदार्थमा भएको मुल्यवृद्धि र नियामकीय अपरिपक्वता मुख्य कारक भएकाे उनकाे दाबी छ ।  नियामकीय सुधार समयमा हुन नसक्दा समस्या जटिल बन्दै  उनकाे ठहर छ ।

महासंघको सर्वेक्षण अनुसार निर्माण क्षेत्र अन्तर्गत सिमेन्ट, फलामे छड लगायतका उद्योगहरु औसत ३० प्रतिशत क्षमतामा चलिरहेका छन् । दैनिक उपभोग्य सामानहरुको बिक्री १८ प्रतिशत घटेको छ । विद्युतीय उपकरणको कारोबार ५५ प्रतिशत संकुचन भएको छ ।

अर्थतन्त्र जोगाउने अविभारा सरकार, केन्द्रिय बैंक, निजी क्षेत्र सबैको भएको महासंघले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर