सुनसरी ३ मा एमालेको क्लिन स्वीप, ४ मा अन्तिम मतगणना जारी – Nepal Press

सुनसरी ३ मा एमालेको क्लिन स्वीप, ४ मा अन्तिम मतगणना जारी

विराटनगर । सुनसरीको क्षेत्र नम्बर ३ मा पनि एमालले क्लिन स्वीप गरेको छ । सुनसरी ३ मा प्रतिनिधि सभामा एमालेका उमेद्वार भगवती चौधरी विजयी हुँदा प्रदेशतर्फ १ मा रोहित कार्की र २ मा रामदेव यादव विजयी भएका छन् ।

सुनसरी ३ मा एमालेकी भगवती चौधरीले ४० हजार ७८८ मत प्राप्त गरिन् । कांग्रेसका विजय कुमार गच्छदारले ३५ हजार ६०० मत प्राप्त गरे । चौधरीले ५ हजार १८८ मतको फराकीलो अन्तरमा गच्छदारलाई हराएकी हुन् ।

सुनसरी क्षेत्र नम्बर ३(२) को अन्तिम मत परिणामअनुसार रामदेव यादव विजयी भएका छन् । उनले नेपाली कांग्रेसका विन्देश्वर यादवलाई हराए । सुनसरी क्षेत्र नम्बर ३ को निर्वाचन कार्यालयका अनुसार रामदेवले १९ हजार ४७९ प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका विन्देश्वर यादबले १८हजार ८९१ मत पाए ।

यसअघि प्रदेश सभा ३(१) मा भने एमालेकै रोहित बहादुर कार्की विजयी भएका छन् । उनले गठबन्धन तर्फबाट उम्मेदवार भएका माओवालीका सरस्वती पोखरेललाई दोब्बर मतले पराजित गरे । कार्कीले १८ हजार ६४१ मत पाए भने । पोखरेलले ९ हजार ४९८ मत पाएकी छन् ।

यसअघि सुनसरी क्षेत्र नम्बर १ र २ का प्रदेश र प्रतिनीधिसभाका क्षेत्रमा एमाले विजयी भएको थियो । सुनसरी १ बाट एमाले गठबन्धनका अशोक कुमार राई र २ बाट एमालेका भिम आचार्य विजयी भएका छन् । प्रदेश सभातर्फ १(१) मा रमेश बस्नेत, १(२) मा विजय राई विजयी भएका छन् । सुनसरी २(१) मा रेवती भण्डारी र २(२) मा रामप्रसाद मेहता विजयी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर