धरानबाट समाजवादको सुरूवात भइसक्यो : हर्क साम्पाङ – Nepal Press

धरानबाट समाजवादको सुरूवात भइसक्यो : हर्क साम्पाङ

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले समाजवादको सुरुवात धरानबाट भइसकेको बताएका छन् । उनले उपमहानगरले किनेका दुई वटा डोजरका तस्बिरहरु सामाजिक सञ्जालमा राख्दै यस्तो बताएका हु्न् ।

उनले सर्वसाधारणलाई जेसिबी आवश्यक परेमा नगरपालिकालाई सम्झन पनि आह्वान गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘आइन्दा जेसीबी लगाउन परे नगरपालिकालाई सम्झनु । तपाइँले तिरेको पैसा नगरको कोषमा जम्मा हुन्छ कुनै व्यक्तिको गोजीमा होइन । समाजवादको शुरुवात धरानबाट भइसक्यो ।’

उनले फेसबुकको हिजोको एउटा स्टाटसमा डोजरमा आफू चढेर अब निर्माणका लागि अघि बढेको बताएका छन् ।

त्यस्तै, हर्कले पूर्वमेयरहरुमाथि कटाक्षसमेत गरेका छन् । पूर्व मेयरहरुले जस्तै चाहेको भए म पनि एक करोडको गाडी किन्थेँ तर मैले धरानलाई एक करोडको यी हलगोरु जोडिदिएको छु’, उनले अगाडि लेखेका छन्, ‘यसमा पनि मेरो विरोध भइराखेको रहेछ । जति कराउँछौ कराऊ । छेरुन्जेल कराउँदा नि केही फरक पर्दैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर