एमसीसी परियोजना सुरु, विद्युत प्रसारणलाइन निर्माणका लागि ठेकदारको खोजी – Nepal Press

एमसीसी परियोजना सुरु, विद्युत प्रसारणलाइन निर्माणका लागि ठेकदारको खोजी

काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल (एमसीए(नेपाल) ले विद्युत प्रसारणलाइन निर्माणका लागि ठेक्का लिन चाहनेहरुको लागि आव्हान गरेको छ ।

एमसीए नेपालले लप्सीफेदी/रातमाटे/बुटवल प्रसारणलाइन निर्माणका लागि तीनवटा लटमा ठेक्काका लागि सूचना निकालेको हो ।

लप्सीफेदी/रातमाटे/न्यु हेटौंडा पहिलो लट (११७ किमि), दोस्रो लटमा रातमाटे/न्यु दमौली (९० किमि) र तेस्रो लटमा न्यु दमौली/न्यु बुटवल, न्यु बुटवलबाट भारतीय सीमासम्म (१०८ किमि) गरी कुल ३१५ किलोमिटर रहेका छन् ।

विद्युत प्रसारणलाइन निर्माणका लागि इच्छुक कम्पनीले २७ मार्चसम्म आवेदन दिन सक्ने एमसिए नेपालले जनाएको छ । यो ठेक्का पाउने कम्पनीले डिजाइन, सप्लाई, डेलिभरी, इन्स्टलेसन, टेष्टिङ, कमिसनिङ सबै काम गर्नु पर्नेछ ।

सन् २०२३ को अगष्टबाट निर्माणको काम सुरु गर्ने कार्यतालिका छ भने परियोजनाका सबै काम २०२८ अगष्टमा सक्नुपर्नेछ । यो आयोजना ५ वर्षमा निर्माण सम्पन्न गर्नु पर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर