इलाम १ मा नेकपा एसको मत ८ हजार, कांग्रेसको १५ हजार मत पाउँदा पनि झलनाथ आक्रोशित


काठमाडौं । इलाम १ बाट पराजित भएका नेकपा एकीकृत समाजवादीका झलनाथ खनालले कांग्रेसबाट उल्लेख मत प्राप्त गरेको देखिएको छ।
समानुपातिकतर्फबाट मत परिणामलाई हेर्दा नेकपा एसले ८ हजार २१ मत ल्याएका पाएका छ। तर, नेता खनालले २३ हजार ८९ मत ल्याएका थिए। उनलाई एमालेका महेश बस्नेतले २५ हजार ७५३ मत ल्याएर पराजित गरेका थिए।
प्रत्यक्षतर्फको दुवै सीटमा जित निकालेको एमाले इलाममा पहिलो पार्टीको रूपमा स्थापित भएको छ। इलाम १ को समानुपातिकतर्फ एमालेले २० हजार ५६४ मत ल्याएर पहिलो बन्दा कांग्रेसले १६ हजार ४५० ल्याएर दोस्रो स्थानमा छन्।
माओवादी केन्द्र भन्दा राष्ट्रिय स्वतन्त्र पार्टी नै अगाडि देखिएको छ। रास्वपाले ४ हजार ४५१ मत ल्याउँदा माओवादीले १ हजार ६४९ मत ल्याएको छ।
यहाँ राप्रपाल १३ सय, जसपाले ११ सय ८२ र जनता समाजवादी पार्टीले ११ सय ८२ मत ल्याएको छ। तर, गठबन्धनबाट कांग्रेसको सबै मत जाँदा पनि नेता खनालले कांग्रेसभित्रका द्रव्यपिशाचले अन्तर्घात गरेको टिप्पणी समेत गर्न भ्याए।
निर्वाचन आयोगले घोषणा गरेको परिणामलाई अस्वीकार गर्दै धाँधली भएकाले कानुनी उपचार खोज्ने समेत बताइरहेका छन्।