महानगरविरुद्ध सडकमा निस्किए सुकुमबासी, माइतीघरमा अनसन (तस्बिरहरु) – Nepal Press

महानगरविरुद्ध सडकमा निस्किए सुकुमबासी, माइतीघरमा अनसन (तस्बिरहरु)

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीका बासिन्दाहरु काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

महानगरले बलजबस्ती हटाउन खोजेको भन्दै सुकुम्बासी बस्तीका बासिन्दाहरुले आज बिहान महानगरको कार्यालय अगाडि प्रर्दशन गरेका हुन् । प्रर्दशनमा उत्रिएका उनीहरुले काठमाडौं महानगरका मेयर बालेन साहको राजीनामा मागेका छन् ।

बालेन शाह राजीनामा दे , उचित विकल्पसहित ब्यवस्थापन गर जस्ता नारा लगाएका छन् ।उनीहरुले सुकुम्बासीको उचित व्यवस्थापन गर्न माग गरेका छन् । महानगरको कामको विरुद्धमा माइतीघरमा केही सुकुम्बासी अनसन बसेका छन् ।

अधिकार सम्पन्न बागमति सभ्यता एकीकृत विकास समितिले पटक पटक सुकुम्बासी बस्ती खाली गर्न सूचना जारी गरेको थियो ।

तर उनीहरुले अटेर गर्दै आएपछि समितिको बस्ती खाली गराउँन महानगरसँग अनुरोध गरेको थियो । महानगरले समितिको समन्वयमा हिजो डोजर लिएर सुकुम्बासी बस्ती खाली गराउन पुगेको थियो ।

सुकुम्वासी बस्तीमा महानगरले डोजर चलाएपछि अवस्था तनावग्रस्त बनेको थियो । दुई पक्षबीच झडप हुँदा महानगरका ३० जना भन्दा बढी घाइते भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *