सुनसरी ४ मा गणना सुचारु गर्नुअघि विवाद उब्जिएको दिनको सीसीटीभी फुटेज हेरिँदै (भिडिओ) – Nepal Press

सुनसरी ४ मा गणना सुचारु गर्नुअघि विवाद उब्जिएको दिनको सीसीटीभी फुटेज हेरिँदै (भिडिओ)

विराटनगर । सुनसरी ४ मा मतगणनालाई निरन्तरता दिनुअघि विवाद उब्जिएको दिनको सीसीटीभी फुटेज हेर्न थालिएको छ । यहाँ गठबन्धनबाट उम्मेदवार रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले धाँधली भयो भनेपछि शनिबार साँझबाट गणना रोकिएको थियो ।

मतगणना सुचारु गर्न निर्वाचन आयोगले दिएको निर्देशनपछि मंगलबार बिहान सर्वदलीय बैठकपछि विवाद भएको दिनको सीसीटीभी फुटेज हेर्ने सहमति गरिएको थियो । सो सहमतिअनुसार अहिले दलका प्रतिनिधि, उम्मेदवार, मुख्य निर्वाचन अधिकृत, जिल्ला न्यायाधिवक्ता, प्रशासन र सुरक्षा प्रमुखले फुटेज हेरिरहेका छन् ।

गणना दिउँसोदेखि सुरू गर्ने तयारी गरिएको छ ।

यहाँ कार्की एमालेमा जगदीश कुसियैतसँग झिनो मतले अगाडि छन् । मन्त्री कार्कीले हार्ने त्रासले सत्ताको आडमा बखेडा झिकेको एमालेको आरोप छ । कांग्रेसले भने एमालेसँग गणनाका कर्मचारी मिलेको आरोप लगाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर