डोजर आतंक बन्द गर भन्दै महानगर कार्यालयमा सुकुम्बासीको प्रदर्शन – Nepal Press

डोजर आतंक बन्द गर भन्दै महानगर कार्यालयमा सुकुम्बासीको प्रदर्शन

काठमाडौं । काठमाडौंको थापाथलीका सुकुम्बासीहरु काठमाडौं महानगरपालिकाको कार्यालयमा प्रदर्शन गरेका छन् ।

डोजर आतंक बन्द गर भन्दै महानगरमा पुगेर सुकुम्बासीहरुले  कार्यालयमा प्रदर्शन गरेका हुन् ।  प्रदर्शनकारीहरुले बालेन शाह राजिनामा दे , उचित विकल्पसहित ब्यवस्थापन गर जस्ता नारा लगाएका छन् ।

उनीहरुले सुकुम्बासीको उचित व्यवस्थापन गर्न माग गरेका छन् । अधिकार सम्पन्न बागमति सभ्यता एकीकृत विकास समितिले पटक पटक  सुकुम्बासी बस्ती खाली गर्न सूचना जारी गरेकाे थियाे ।

तर उनीहरुले अटेर  गर्दै आएपछि  महानगरले  समितिकाे समन्वयमा हिजो डोजर लिएर सुकुम्बासी बस्ती खाली गराउन पुगेको थियो ।सुकुम्वासी बस्तीमा महानगरले डोजर चलाएपछि अवस्था तनावग्रस्त बनेको थियाे ।  दुई  पक्षबीच  झडप हुँदा  महानगरका १५ जना भन्दा बढी घाइते भएका थिए ।

तस्बिर: गाैरव  पाैडेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर