कांग्रेस सह-महामन्त्री यादवसँग एमाले सचिव महासेठले घटाए मतान्तर – Nepal Press

कांग्रेस सह-महामन्त्री यादवसँग एमाले सचिव महासेठले घटाए मतान्तर

काठमाडौं । धनुषा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवसँग र नेकपा एमालेका सचिव रघुवीर महासेठले मतान्तर घटाएका छन् ।

कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवले ३१ हजार ३१६ मत पाएका छन् ।  मतगणना सुरु भएदेखि नै अघि पछि भइरहेका एमालेका सचिव महासेठले ३१ हजार २१ मत पाएका छन् । महासेठ २९५ मतले पछि छन् ।

उनीहरुबीच निकै रोचक प्रतिस्पर्धा भइरहेको छ ।

सोमबार बिहानदेखि ७ देखि ९ सय मतले पछिपरिरहेका महासेठले घटाएर अहिले २९५ मा झारेका छन् । अब मिथिला नगरपालिका ११ को मात्र गणना बाँकी छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर