सांसद बर्तौलाको एक्सन : किसानलाई ‘मल’ खोई भन्दै पुगे साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी – Nepal Press

सांसद बर्तौलाको एक्सन : किसानलाई ‘मल’ खोई भन्दै पुगे साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी

हेटौँडा । सोमबार बिहान करिब १२ बजे मुख्य निर्वाचन आयोगको कार्यलय हेटौँडाबाट मकवानपुर क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा विजयी भएको औपाचारिक प्रमाणपत्र बुझेर नवनिर्वाचित सांसद महेशकुमार बर्तौला हेटौँडा उपमहानगरपालिका वडा नंबर ८ मा रहेको हेटौँडा औद्योगिक क्षेत्र पुगे ।

सांसदमा विजयी भएकै दिनबाट मतदाता तथा क्षेत्रका किसानहरुले रासायनिक मलबारे जिज्ञासा राखेको भन्दै उनि मकवानपुरमा मल वितरण गर्ने जिम्मा पाएको कृषि सामग्री केन्द्र र साल्ट ट्रेडिङ कर्पोरेशन हेटौँडाको कार्यालय र गोदान पुगेर अनुगमन तथा जानकारी लिने उदेश्य साथ ति कार्यालयमा पुगे ।

भर्खरै निर्वाचित भएका सांसदको उपस्थितीबारे जानकारी पाएको कर्पोरेशनले उनलाई फूलमालासहित स्वागत गर्यो । तर बर्तौलाले भने कर्पोरेशसनसँग जानेबित्तिकै मल वितरणको अवस्थाबारे जानकारी मागे । मकवानपुरको सन्र्दभमा ३० प्रतिशत मात्र रासायनीक मल वितरणको जिम्मेवारी पाएको कर्पोरेशनका प्रमुख मोहन बरालले आफूहरुलाई आवश्यक मलको मात्रा नआएको कारण स्थानीय तहहरुको माग बमोजिम वितरण गर्न नसकोको बताए । मलको कोटा केन्द्र सरकारले निर्धारण गर्ने हुँदा उहाँहरुले तोकेका मल आफूहरुले नियािमत वितरण गरेको बरालको भनाईपछि बर्तौलाले आफू केन्द्र सरकारसँग मलको मात्रा थपको विषयमा कुरा गर्ने र त्यो वातावरण निर्माण गर्न कर्पोरेशनले भूमिका खेल्नुपर्ने बताए ।

कर्पोरेशनको गोदामको अनुगमन पछि बर्तौला हेटौँडा–२ मा रहेको कृषि सामग्री कम्पनीको गोदाम पुगेर त्यहाँका प्रमुख प्रकाश ज्ञावलीसँग मल वितरणको अवस्थाबारे बुझे । ज्ञावलीले पनि मकवानपुरमा वार्षिक करिब २० हजार मेट्रिक टन मलको आवश्यक्ता रहेको तर करिब ६ हजार मेट्रिक टन मात्र मल आउने गरेको बताए । आफूहरुले मल वितरणको लागि सरकारले तोकेको कोटा अनुसार नियमित काम गरेको भन्दै मल अभावको कारण किसानहरु सधै मारमा पर्दा आफुहरुलाई पनि नरमाईलो हुने बताए ।

बर्तौलाले सरकारले कृषि प्रधान देशमा समेत आवश्यक मल उपलब्ध नगराउने कुरा गम्भिर तथा चिन्ताको विषय रहेको भन्दै अब आफुले यो विषयलाई उच्च प्राथमिकता दिएर उठाउने घोषणा गरे । उनले भने, ‘हामी कृषि प्रधान देश भनेर गौरवको साथमा भन्ने गर्दछौ, तर हाम्रो सरकारले किसानहरुलाई मल पनि उपलब्ध गराउन सक्दैन, विउ दिन सक्दैन, अनि किसानहरु कसरी यो पेशामा रहन सक्छन् ?’

आफु निर्वाचित भएको क्षेत्र नेपालकै प्रसिद्ध तरकारी जोन समेत रहेको क्षेत्र भएको भन्दै उनले नेपाल सरकारले मलको विषयलाई गम्भिरतापूर्वा नलिएको कारण कृषकहरु सधै मारमा परेको दाबी गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर