महानगरले डोजर लगाउने हल्लापछि सुकुम्बासीहरु मुठभेडको तयारीमा (तस्बिरहरु) – Nepal Press

महानगरले डोजर लगाउने हल्लापछि सुकुम्बासीहरु मुठभेडको तयारीमा (तस्बिरहरु)

काठमाडौं । काठमाडौं महानगरपालिकाले बस्तीमा डोजर लगाउने हल्लापछि थापाथलीस्थित बस्तीमा सुकुम्बासीहरु प्रतिकारको तयारीमा लागेका छन् । उनीहरुले आफूहरुलाई कि अन्यत्रै भए पनि बस्ने व्यवस्था मिलाउनुपर्ने वा त्यहीँ खाल्डो खनेर पुर्नसमेत उनीहरुले महानगरलाई चेतावनी दिएका छन् ।

उनीहरु हातमा लाठी तथा अन्य घरेलु अस्त्रसहित तयारी अवस्थामा रहेका छन् । महानगरले अनधिकृतरुपमा निर्माण गरिएका संरचनाहरु भत्काउने अभियानअन्तर्गत सुकुम्बासी बस्तीमा डोजर लगाउने गरेको बताइएको छ । हाल महानगर प्रहरी र नेपाल प्रहरी बस्तीमा आएका छन् । यसबारे महानगरलाई बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

तस्बिरहरुः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर