डोली चढेर बेहुली लिन पुगे सलोन, विवाहमा बज्याे नाैमती (तस्वीरहरू) – Nepal Press

डोली चढेर बेहुली लिन पुगे सलोन, विवाहमा बज्याे नाैमती (तस्वीरहरू)

काठमाडौं । अभिनेता सलोन बस्नेत र एयरहोस्टेस तथा मोडल करिश्मा केसीको आज चन्द्रागिरी रिसोर्टमा विवाह भएको छ । करिब चार वर्ष लामो प्रेम सम्बन्धमा रहेर आज यो जोडीले विवाह गरेको हो ।

सलोन बेहुली लिन डोली चढेर रिर्सोट पुगेका थिए । विवाहमा नौमती बाजा बजेको छ ।

शनिबार र आइतबार यो जोडीले चन्द्रागिरी रिसोर्टमै मेहेन्दी समारोह मनाएको थियो । जहाँ अभिनेता भुवन केसी आफ्नी प्रेमिका जिया केसी र अभिनेत्री पूजा शर्मा आफ्ना प्रेमी युद्ध बानियाँसग पुगेका थिए ।

वर्षा, संजोग, आमेस, सलिनमान बानियाँलगायतका अरु थुप्रै कलाकारहरु पनि समारोहमा सहभागी भएका थिए ।

 

तस्बिरहरू : कुमार आचार्य । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर