प्रधानमन्त्री देउवासँग प्रचण्ड र माधव नेपालको छुट्टाछुट्टै भेटवार्ता – Nepal Press

प्रधानमन्त्री देउवासँग प्रचण्ड र माधव नेपालको छुट्टाछुट्टै भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले छुट्टाछुट्टै भेटेका छन् ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्षद्वयले छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् ।

मंसिर ४ गतेको निर्वाचनमा कुनै दलको एकल बहुमत नआएपछि गठबन्धनको सरकार बनाउने बिषयमा प्रधानमन्त्रीले छलफल थालेका छन् । यही गठबन्धनलाई निरन्तरना दिन सत्तरुढ दलका नेता सहमत छन् ।

तर, सरकारको नेतृत्व कसले गर्ने भन्नेबारेमा औपचारिक छलफलसमेत नभएको नेताहरू बताउँछन् । प्रधानमन्त्री देउवाले प्रचण्डसँग शनिबार पनि छलफल गरेर गठबन्धनकै सरकार बनाउने समझदारी बनाएका थिए।

देउवाले प्रचण्ड र माधव नेपालसँग छुट्टाछुट्टै छलफलमा चुनावी परिणामको समीक्षा, आगामी सरकार गठनको विषयमा छलफल गरेको बताइएको छ ।

गठबन्धन दलले मात्रै नभएर नेकपा एमालेले पनि आफ्नो नेतृत्वको सरकार गठन गर्नेबारे छलफल थालिसकेको छ।

यसैबीच, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एसका अध्यक्ष नेपाललाई भेटेर आफूलाई प्रधानमन्त्री बन्न सहयोगका लागि आग्रह गरिसकेका छन् ।

गठबन्धन दलबाट प्रधानमन्त्री देउवासहित नेता पौडेल, डा. शेखर कोइराला, प्रकाशमान सिंह, शशांक कोइराला, गगन थापाले मुख्य रूपमा दाबी प्रस्तुत गरेका छन् । भने, माओवादीका अध्यक्ष प्रचण्ड पनि प्रधानमन्त्रीको रेसमा छ्न् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर