एमाले कमरेडहरूलाई चित्त बुझ्ने/नबुझ्ने एक टिप्पणी – Nepal Press

एमाले कमरेडहरूलाई चित्त बुझ्ने/नबुझ्ने एक टिप्पणी

चुनाव २०७९ ले कांग्रेसलाई पहिलो पार्टी, एमालेलाई दोस्रो पार्टी र माओवादी केन्द्रलाई तेस्रो पार्टीको जनादेश दिने लगभग निश्चित छ । राष्ट्रिय समाचारहरूले चुनावका शहरी नतिजामा अनपेक्षित अग्रणी देखिएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई माओवादीको समानान्तर वा अझ बलशाली देखाउन खोजे पनि अन्तिम नतिजा त्यस्तो आउने छैन । राष्ट्रिय स्वतन्त्र पार्टी माओवादी केन्द्रभन्दा पछाडि परिसकेको छ ।

तर, जनमतहरु कसरी निर्माण भैरहेका छन् भनेर बुझ्नलाई सामयिक चेतना चाहिन्छ । २०६२÷६३ को यत्रो संघीय गणतान्त्रिक परिवर्तनपछि पनि समकालीन नेतृत्वमा त्यो चेतना देखिएन । पहिलो संविधानसभामा त्यो परिवर्तनका सर्वस्वीकार्य नायक, जो सधैं मोरङ र सुनसरीका दुई क्षेत्रबाट चुनाव जित्थे- कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला प्रत्यक्ष नलडिकन समानुपातिकमा किन बसे होलान् ? किनभने उनी राजनीति बुझ्दथे ।

माओवादीको बहार आएको त्यो समयमा संविधान निर्माण गर्ने आफ्नो भूमिका कमजोर नपरोस् भन्ने उनको अभिप्रायः थियो ।

माओवादी अध्यक्ष प्रचण्डले वचन दिएर पनि राष्ट्रपति नपाएको कोइरालाको तुषले अन्ततः माओवादी रक्षात्मक बन्नुप¥यो । प्रचण्ड शक्तिमा आएको माओवादी सरकारले सेनापति हटाउन खोज्दा नौ महिनामै सरकारबाट बहिर्गमित हुनुप¥यो । सम्भवतः गिरिजा राष्ट्रपति थिए भने त्यो परिस्थिति आउन दिँदैनथे । कि त उनले प्रचण्डलाई यो गलत कदम नउठाउन पहिल्यै सम्झाइसकेका हुन्थे कि कार्यकारी प्रधानमन्त्रीको प्रस्तावका रूपमा त्यसलाई अनुमोदन गर्थे ।

तर, पहिलो राष्ट्रपति रामवरण यादवले यसलाई प्रचण्डको विप्लवी चेतना सोचे । गणतान्त्रिक सहयात्री र शान्ति सम्झौताका समान हस्ताक्षरकर्ता गिरिजा, प्रचण्डसँग नकारात्मक बन्नुको परिणाम थियो यो । त्यसपछिका माओवादी चेतनाहरू दिग्भ्रमित र विभ्रमित हुँदै गए । संविधान बनाउने म्याण्डेटको पहिलो संविधानसभाले प्रचण्ड नेतृत्वपछि माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र खिलराज रेग्मी नेतृत्वको अनावश्यक चारवटा सरकार बेहोर्नुपर्‍यो ।

माओवादी अध्यक्ष प्रचण्डले वचन दिएर पनि राष्ट्रपति नपाएको कोइरालाको तुषले अन्ततः माओवादी रक्षात्मक बन्नुपर्‍यो । प्रचण्ड शक्तिमा आएको माओवादी सरकारले सेनापति हटाउन खोज्दा नौ महिनामै सरकारबाट बहिर्गमित हुनुपर्‍यो । सम्भवतः गिरिजा राष्ट्रपति थिए भने त्यो परिस्थिति आउन दिँदैनथे ।

त्यस चरणमा माओवादी आफैंले फुट व्यहोर्नुपर्‍यो । जनतालाई संविधान त चाहिन्छ । तर, दैनिक जीवनको सहज वातावरण पनि चाहिन्छ । सेवा चाहिन्छ, चुस्त वितरण चाहिन्छ र भौतिक विकास पनि चाहिन्छ । जनयुद्धको त्यागलाई आमूल राजनीतिक रुपान्तरणमा, त्यो पनि लोकतान्त्रिक दलहरूसहित एकाकार भएर त्यत्रो उपलब्धिमा पुर्‍याउने ठूलो शक्तिको माओवादी जनसरोकारका आवश्यकता पूर्ति गर्ने सन्दर्भ त टाढै, आफैंमा संविधान बनाउन सक्ने नेतृत्वदायीसमेत भएन । अर्काे संविधानसभाका लागि उसले तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सरकार नेतृत्वका लागि गुहार्नुपर्‍यो ।

रेग्मीजीले दोस्रो संविधानसभा चुनाव गराउँदा पनि माओवादीलाई आफैं ठूलो पार्टी हुने दम्भ थियो । जबकि पार्टीको एउटा जबरजस्त धारा भिन्न भैसकेको थियो भने जनतामा पनि केही हुन्छ कि भन्ने चेतना मरिसकेको थियो । माओवादीले कमजोर तेस्रो हैसियत व्यहोर्नुपर्‍यो ।

माओवादी कमजोर हैसियतको तेस्रो शक्ति बन्दा पनि, पार्टी चिरा-चिरा पर्ने/परेको चुनौतीका बीच उसले आफ्नो संविधान निर्माणप्रतिको दायित्व भने भुलेन । अन्तरिम संविधानले निर्दिष्ट गरेका राज्य रुपान्तरणका कैयौं अग्रगामी पक्षलाई छाडेर कमसेकम संघीय लोकतन्त्र जोगाउने सीमित रुपान्तरण उसले सापेक्ष शक्ति नहुनुका कारणले स्वीकार गर्‍यो । स्वीकार गर्‍यो मात्र होइन, यतिसम्म त हुनैपर्छ, नत्र… भनिभनिकन नयाँ संविधान नै जारी गराउने नेतृत्वदायी दबाब दिन सक्यो । यसमा एमाले र कांग्रेस सहमत भए । एमालेमा माओवादीको मन नमिल्ने केपी शर्मा ओलीको नेतृत्व आइसकेको थियो । कमजोर तेस्रो शक्ति भए पनि माओवादीको शक्ति सन्तुलनमा निर्णायक भूमिका थियो । माओवादी अध्यक्ष प्रचण्डले ओलीलाई प्रधानमन्त्री बनाउने वचन दिएपछि नै नयाँ संविधान स्वाभाविक जारी हुन सक्यो ।

अध्यक्ष ओलीलाई प्रचण्डले आफ्नै प्रस्तावमा प्रधानमन्त्री बनाए । अनि महाभूकम्प र भारतीय नाकाबन्दीको अप्ठेरोबीच ओलीले औपचारिक दक्षता देखाए पनि । भारतलाई चुनौती दिए र चीनसँग समेत पारवहन सम्झौता गरे । त्यो माओवादीसँगको गठबन्धनकै बलमा उनले गरेका थिए । तर, यसले ओलीमा यस्तो घमण्ड चढ्यो कि २०७४ मा त संघीय र प्रदेश निर्वाचन गर्नु नै थियो, बीचको आधा कार्यकाल बाँडेर सरकार नेतृत्व गर्ने प्रचण्डसँगको समझदारीलाई उनले धोती लगाइदिए । अनि प्रचण्डले पनि कांग्रेससँग सहकार्यको हात बढाए । देउवासँग आलोपालो हुने गरी सत्ता समझदारी गरे । आफ्नो पालो सकिने बित्तिकै देउवालाई सत्ता हस्तान्तरण गरे ।

एमालेमा माओवादीको मन नमिल्ने केपी शर्मा ओलीको नेतृत्व आइसकेको थियो । कमजोर तेस्रो शक्ति भए पनि माओवादीको शक्ति सन्तुलनमा निर्णायक भूमिका थियो । माओवादी अध्यक्ष प्रचण्डले ओलीलाई प्रधानमन्त्री बनाउने वचन दिएपछि नै नयाँ संविधान स्वाभाविक जारी हुन सक्यो ।

देउवा नेतृत्वमै २०७४ को आम निर्वाचन भयो । तर, त्यो निर्वाचन अगाडि नै माओवादीले सरकार छाडिसकेको थियो । किन छाडेको थियो भने, एमालेसँग मिलेर चुनाव लड्ने । चुनाव पछाडि पार्टी एकता नै गर्ने । सुरुमा ओली र बाँकी आधी प्रचण्ड प्रधानमन्त्री बन्ने गरी त्यो सहकार्य निर्माण भएको थियो । त्यसरी एमाले–माओवादी गठबन्धनले चुनावमा झण्डै दुईतिहाइ बहुमत ल्यायो । र, ओली नेतृत्वमा ऐतिहासिक वाम सरकार बन्यो । पार्टी एकतासमेत भयो । प्रचण्डले कार्यकारी भएर पार्टी चलाउने र ओलीले पाँचै वर्ष सरकार चलाउने प्रस्ताव प्रचण्डले नै पार्टीमा स्वीकृत गराए । तर, राष्ट्र निर्माण गर्ने त्यत्रो अवसरमा ओली नेतृत्व असफलप्रायः भयो । त्यो सरकार दुईवर्ष विनाअन्तरविरोध चले पनि त्यसपछि ओलीले नियोजित चुनौतीका चाङ्ग लगाइदिए ।

राज्यका औपचारिक संरचनाहरूले तय गरेका पञ्चवर्षीय वा बजेटका वर्षीय योजनालाई स्वार्थ प्राथमिकतामा पारेकै भरमा ओलीले आफूलाई समृद्ध नेतृत्व दाबी गरे । पार्टीले दबाब दिएर कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको चुच्चे नक्सा जारी गर्दैमा त्यसै एजेन्डामा पछि चरम राष्ट्रवाद भजाए । गणतन्त्रपछिका सरकारहरूले सुरु गरेका योजना र कार्यक्रममा संस्थागत बजेट छुट्याइएको देखाएर ती सबै आफ्नै मौलिक कार्यक्रम हो जसरी प्रचार गरे । बोलीअनुसार उनका मौलिक कार्यक्रम त घरघरमा ग्यास पाइप, हावाबाट बिजुली, नेपालकै पानीजहाज र पर्वतको कुश्मा स्टेसन हुने चीन-भारत रेलवे सेवा थियो ।

ओलीका ती महत्वाकांक्षी योजनाले हावा खाइसकेका छन् । बिजुली प्राथमिकतामा आइसकेकाले ग्यास पाइपको त अब सन्दर्भ नै सकिएको उनी स्वयंले बोलिसकेका छन् भने अरु योजना निकायगत संरचनाको प्राथमिकतामा भर पर्दछन् । तर, एउटै सत्य चाहिँ के हो भने राष्ट्रिय मुद्दामा नियोजित अलमल गर्ने वा विकास बजेट खर्च नै नगर्ने पद्धतिलाई भने ओलीले मात्रै सफलतापूर्वक तोडेका हुन् । जे होस्, पुगोस्-नपुगोस् जनतालाई सपना बेच्ने नेता हुन् ओली । उनको भाषण सुन्दा सबैलाई आनन्द आउँछ । समकालीन नेतृत्वमा कोही मिडियाको सर्वाधिक फोकस पर्सन हो भने ओली नै हुन् । र, जनताबीच सबैभन्दा लोकप्रिय पनि उनै हुन् ।

त्यसैले आफ्नै बुद्धिले त्यत्रो नेकपा फुटाउँदा, अनि आफ्नै पूर्वपार्टी फुटाएर माधव नेपाल र झलनाथ खनालसहितका कैयौंलाई छोड्दा र आफ्नै अपूर्व बहुमतको संसदलाई दुईदुई पटक भङ्ग गर्दा पनि उनी आफ्नो व्यक्तिगत व्यक्तित्व कायम गरिरहेकै छन् । आजको एमालेको थोरबहुत चुनावी सफलतामा उनी कुन सम्भावित राजनीतिक भविष्यको चित्र कोर्दैछन्, कार्यान्वयनमा नआउँदासम्म त्यो यसै भन्न सकिन्न । नयाँ परिणामपछि उनले माओवादी अध्यक्ष प्रचण्डलाई बधाई दिन र सम्भावित सहकार्यबारे बुझ्न गरेको फोनवार्ताको सार्वजनिक समाचारलाई समेत एमालेका एकथरिले अतिरञ्जित प्रचार गरे ।

समकालीन नेतृत्वमा कोही मिडियाको सर्वाधिक फोकस पर्सन हो भने ओली नै हुन् । र, जनताबीच सबैभन्दा लोकप्रिय पनि उनै हुन् । त्यसैले आफ्नै बुद्धिले त्यत्रो नेकपा फुटाउँदा, अनि आफ्नै पूर्वपार्टी फुटाएर माधव नेपाल र झलनाथ खनालसहितका कैयौंलाई छोड्दा र आफ्नै अपूर्व बहुमतको संसदलाई दुईदुई पटक भङ्ग गर्दा पनि उनी आफ्नो व्यक्तिगत व्यक्तित्व कायम गरिरहेकै छन् ।

त्यसैले अबको ओली योजना ‘यसम्यान’ विष्णु रिमाललाई अलिअलि थाहा हुन्छ होला, शंकर पोखरेल र विष्णु पौडेललाई पनि थाहा हुँदैन कि ! ईश्वर पोखरेललाई त ओलीले नै विश्वास नै गर्दैनन् सायद । विश्वास गर्ने भए रक्षाबाट हटाएर त्यत्रो उपप्रधानमन्त्री ‘पोर्टफोलियो’को व्यक्तित्वलाई आफ्नै कार्यालय हेर्नेमा सीमित गर्दैनथे हिजो पक्कै ।

यो चुनावसम्म आइपुग्दा ओलीको त्यत्रो क्रेज पनि ओरालो यात्रामा छ । प्रचण्ड त २०६४ पछि ओरालोमै छन् । तर, उनले मुद्दा बोलेका छन् र मुद्दा कहिल्यै छाडेका छैनन् । उनलाई कुनै आपत्ति छैन कि हिजो मैले यो गल्ती गरें भन्नलाई । अगाडि गर्छन्, अगाडि बोल्छन् र लगत्तै पछाडि माफी पनि मागिहाल्छन् । जसरी २५-३० लाखको संख्यामा एमालेलाई मन पराउनेहरू छन्, त्यसरी १२-१५ लाख संख्यामा माओवादी केन्द्रलाई मन पराउनेहरू पनि छन् । २-३ लाख एकीकृत समाजवादीलाई मन पराउने पनि छन् । ६ महिना अगाडि गठन भएको रवि लामिछाने नेतृत्वको अर्थहीन नरम दक्षिणपन्थी वेगले त यत्रो हौवा निर्माण गर्छ भने वामपन्थीहरू त जनमुक्तिको रगतमा भिजेका परिवर्तनकामी ! प्रत्यक्ष चुनावका गठबन्धन लाभहानी आफ्नो ठाउँमा छन् । तर, माओवादी-एमाले-एकीकृत समाजवादी समानुपातिक मत विशुद्ध वामपन्थी मत हो ।

ओली पक्षधरलाई अति बोल्यो जस्तो लाग्ला, हिजो पार्टी एकता हुँदा र त्यसको वैचारिक-सांगठनिक नेतृत्व गर्दा प्रचण्ड इङ्गित गर्दै ‘ओ हो ! अब चाहिँ हामीले आन्दोलनको नेतृत्व पायौं’ भनेर एमालेकै लाखौं कार्यकर्ताले भनेका हुन् । टोपबहादुर जस्ता खान्तेपिन्ते केही नेता-कार्यकर्ता लिएर माओवादी विभक्त गरें भन्ने ओलीलाई लाग्छ भने यो चुनावमा एमालेबाट लड्ने को को माओवादी अनुमोदित भए ? एउटै रायमाझी होइनन् ? बाराकी ज्वालाकुमारी कुन सर्तमा जितिन् भन्ने कुरा जनताले निकट भविष्यमै थाहा पाउँछन् । तथाकथित स्वतन्त्र बहारले माओवादीको वास्तविक जनमत केही घटाएकै होला । तर, ओलीको कति घटायो ? कमरेड रिमालजीले हिसाब गरेका छन् ?

संघ र प्रदेशको यो चुनाव सम्पन्न भैसकेपछि अब प्रतिगमनको पुरानो कुरा असान्दर्भिक भैसकेको छ । हिजोका कुरा बिर्सिएर र एमालेका केही विवादित तालमेललाई छाडेर हेर्दा ओलीलाई सधैं प्रतिगामी-प्रतिगामी भनिरहनु जरुरी छैन । त्यो समय-चरणको कुरा थियो । अब सन्दर्भहीन भैसकेको छ । तर, ओलीले अत्यन्तै ‘मिनिमाइज’ गरेका स्वतन्त्र नामधारीहरू र ओलीले कतिपय क्षेत्रमा काँध हालेका राजावादी, राप्रपाहरू भने बलशाली भएर आएका छन् । ती पुरातन हुन् । कोही खुला राजावादी-प्रतिक्रियावादी, कोही नरम दक्षिणपन्थी ।

अबको ओली योजना ‘यसम्यान’ विष्णु रिमाललाई अलिअलि थाहा हुन्छ होला, शंकर पोखरेल र विष्णु पौडेललाई पनि थाहा हुँदैन कि ! ईश्वर पोखरेललाई त ओलीले नै विश्वास नै गर्दैनन् सायद ।

यी दुवैको फलिफाप-परिस्थितिका जिम्मेवार भने स्वयं ओली हुन् । संस्थागत पद्धति मान्दै नमान्ने र अति आकांक्षी ओली सरकारका हर्कतले यो वातावरण निर्माण भएको हो । प्रथम अध्यक्ष हुनुका हैसियतले पार्टीमा सन्तुलन गरेको भए, सरकारमा प्रभावकारिता देखाएको भए र जनताबीच सहयात्रीलाई लान्छित नगरेको भए क्षमता सीमाका बाबजुद सर्वमान्य नेकपा नेता ओली हुन्थे । अनि अहिले पनि सिङ्गो पार्टीप्रति निःसर्त जनविश्वास कायम रहन्थ्यो । अब पनि उनी त्यो उचाइमा हुनसक्छन् ।

तर, उनले आफूलाई उकास्नेहरूले उत्तेजित गरेर फर्माएका खुराफातहरू त्याग्नुपर्छ । आफ्ना साइबरलाई कडाइपूर्वक तह लगाउनुपर्छ । १४ वर्ष जेल परेर, परिवार नभनेर र जनता नै परिवार हो भनेर हिंडेका नेता हावादारी भएको सुहाउँदैन । ओलीको निष्ठाप्रति जनमानसमा विश्वास छ, त्यसलाई उनले नै नयाँ वैचारिक धरातल दिनुपर्छ । ६८ वर्षका प्रचण्डले जसरी आफ्ना कमजोरीलाई पुनर्विचार गरिरहन्छन् र माफी मागिरहन्छन्, त्यसैगरी ७० वर्षका ओलीले पनि परिस्थितिलाई आत्म आलोचक भएर परख गर्नुपर्छ ।

एमालेहरूले चुनावी परिणाम हेरुन् । माओवादी आधामा सीमित भयो भनेर रमाउँदा आफू पनि आधामा आइपुगेको मूल्यांकन गरून् । ओलीले आफ्नो कमजोरी मूल्यांकन गरे भने माओवादी केन्द्र त साथमा हुन्छ नै । उनले माओवादीभन्दा बढी पूर्वाग्रह राख्ने आफ्नै सहयात्री माधव-झलनाथ पनि साथसाथ हुनेछन् ।


प्रतिक्रिया

3 thoughts on “एमाले कमरेडहरूलाई चित्त बुझ्ने/नबुझ्ने एक टिप्पणी

  1. सकिन लागेका माओवादी र एसलाई किन एमालेले बचाउने ? फेरि पार्टी ध्वस्त पारेर भारतको चाकडी गर्न भित्र्याउने ? बचाएमा फेरि अप्ठ्यारो पारेर काम गर्न दिंदैनन । अब काँग्रेससँगै सकिन्छन ति । किन बचाउने ? तिनका ईमान्दार नेता कार्यकर्तालाई बरू एमाले प्रवेश गराउने अभियान झन तिव्र बनाओै ?अब मिल्न कुरा गर्दै नगरोैं । मध्यावधी निश्चित छ । एक्लै त्यसको तयारीमा लागोै ।

  2. अझै एकोहोरो ओलि लाई दोषि देखाउने जसले यत्रो घेराबन्दि को बिच मा पनि जसले कम्युनिस्ट आन्दोलन को रक्षा गरेको छ ।प्रचण्ड र माकुने के तत्व हुन भनी सारा जगत ले बुझिसके नि, लेखक जि को अझै ठूलो कुरा

  3. लेखको एक पक्षिय प्रचण्ड पुराण
    अझै सकिएका प्रचण्डलाई काँध थाप्ने उल्टो कुरा हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *