समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीले फेरि उछिन्यो माओवादीलाई – Nepal Press

समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीले फेरि उछिन्यो माओवादीलाई

काठमाडौं । समानुपातिक मतमा नेकपा एमालेले कांग्रेसलाई सवा लाख मतले उछिन्दा, राष्ट्रिय स्वतन्त्र पार्टीले नेकपा माओवादी केन्द्रलाई फेरि उछिनेको छ ।

पछिल्लो विवरणअनुसार एमालेले २४ लाख ७७ हजार ५९० मत प्राप्त गरेको छ भने कांग्रेसले २३ लाख ५५ हजार ३८७ मत प्राप्त गरेको छ ।

हालसम्म ९० लाख ९१ हजार मत गनिसक्दा रास्वपाले १० लाख ४८ हजार ५५३ मत ल्याएको छ भने माओवादीको १० लाख ३७ हजार १५० मत रहेको छ ।

त्यस्तै, चौथो स्थानमा भएको राप्रपाले पाँच लाख ३७ हजार ६२२ मत पाएको छ । जसपाले तीन लाख नौ हजार पाउँदा जनमत पार्टीले दुई लाख ४३ हजार मत ल्याएको छ । त्यस्तै, नेकपा एसले २ लाख ४१ हजार ८४८ मत पाउँदा दुई लाख ३३ हजार मत ल्याएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर