विश्वकप : बेल्जियमलाई हराउँदै मोरक्को पहिलो जित – Nepal Press

विश्वकप : बेल्जियमलाई हराउँदै मोरक्को पहिलो जित

काठमाडौं । बेल्जियमलाई २-० गोलको नतिजामा पराजित गर्दै मोरक्कोले कतारमा जारि फिफा विश्वकप अन्तर्गत समूह ‘एफ’ मा पहिलो जित निकालेको छ ।

अल थुमामा स्टेडियममा सम्पन्न खेलमा मोरक्कोको जितमा शकारिया अब्दुखलाल नायक बने ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७३औं मिनेटमा अब्दुखलालले गोेल गर्दै मोरक्कोको जित पक्का गरेका थिए ।

पहिलो खेलमा साविक उपविजेता क्रोयसियासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको मोरक्कोले जितसँगै समूह ‘एफ’ मा दुई खेलबाट ४ अंक जोडेको छ ।

बेल्जियमले पहिलो खेलमा क्यानाडालाई १–० गोलको नतिजामा पराजित गरेको थियो । आजको खेल जितेको खण्डमा बेल्जियम एक खेल अगावै प्रि–क्वार्टरफाइनल प्रवेश गर्ने समिकरण रहेको थियो ।

समूह ‘एफ’ अन्तर्गत आजै ९ः४५ बजे क्रोयसिया र क्यानाडा प्रतिस्पर्धा गर्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर