प्रदेश १ मा यस्ताे छ गठबन्धनकाे साफानाफा – Nepal Press

प्रदेश १ मा यस्ताे छ गठबन्धनकाे साफानाफा

कांग्रेसले इमान्दारिता नदेखाएको माओवादी र एसको आरोप, द्वन्द्वको घाउ कारक देख्छन्- कांग्रेस नेता

विराटनगर । प्रदेश १ मा उदयपुर १ र सुनसरी १, ३ र ४ समेत गरी चार क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक हुन बाँकी छ ।

२८ मध्ये २३ क्षेत्रको नतिजा आउँदा एमालेले सबैभन्दा बढी १० क्षेत्र जितेको छ ।

सत्तागठबन्धनमा १९ सीट पाएको कांग्रेस ७ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ । कांग्रेसले मोरङको १, ३, ६, झापा १, संखुवासभा, तेह्रथुम र ओखलढुंगा जितेको छ ।

गन्न बाँकी रहेका ५ क्षेत्रमध्ये उदयपुर र सुनसरी क्षेत्र नम्बर ४ मा कांग्रेसले अग्रता बनाएको छ । सुनसरी ४ मा भने ९८ मतको मात्रै अग्रता रहँदा मतगणना रोकिएको छ ।

गठबन्धनमा ७ क्षेत्र पाएको माओवादीले ३ क्षेत्रमा विजयी हासिल गरेको छ । माओवादीले मोरङ ४, खोटाङ र भोजपुरमा जित निकालेको हो । मोरङ ५, झापा २, ताप्लेजुङ र सुनसरी १ मा माओवादीले भाग पाएको थियो ।

प्रतिनिधि सभामा २ क्षेत्र पाएको नेकपा एकीकृत समाजवादी निल रह्यो । इलाम २ मा झलनाथको पराजित भइसके । एमालेका महेश बस्नेनतले उनलाई फराकिलो मतान्तरले हराए । उदयपुर २ मा एसका उपमहासचिव जगन्नाथ खतिवडा एमालेका अम्बरबहादुर रायामाझीसँग हारे ।

प्रदेशसभा

प्रदेशसभाको ५६ सीटमध्ये १९ सीट भाग पाएको माओवादी ९ क्षेत्रमा विजयी भयो । गन्न बाँकी कुनै पनि क्षेत्रमा माओवादीका उम्मेदवार छैनन् ।

११ क्षेत्रमा उम्मेदवार उठाएको नेकपा एसले दुई ठाउँ जित्यो । गन्न बाँकी रहेको स्थानमध्ये इलामको १ (१) मा समाजवादीका उम्मेदवार अगाडि छन् ।

कांग्रेसले प्रदेशसभामा २६ जना उम्मेदवार उठाएकोमा १५ जना विजयी भए । गणना जारी ५ ठाउँमा तीन क्षेत्रमा कांग्रेसको अग्रता छ ।

सबैका आ-आफ्ना दाबी

माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्क नेम्वाङ ‘मिक्सो’ गठबन्धनमा इमान्दारिता नभएको प्रतिक्रिया दिएका छन् ।

उनले भने, ‘जुन हिसाब गठबन्धन हुनुपर्थ्यो त्यो हुन सकेन । इमान्दारिता देखिएन । गठबन्धन भएको भए परिणाम पनि सोचे जस्तै आउनुपर्ने हो नी ? उनले भने कांग्रेसले इमान्दारिताका साथ माओवादीलाई भोट नहालेको बताए ।’

उनले माओवादी उम्मेदवार भएका स्थानमा भोट घण्टीमा गएको बताए । कांग्रेसले इमान्दारिताका साथ मत हालेको भए माओवादीका आफ्नो पार्टी अधिकांश ठाउँमा नहार्ने उनको दाबी छ ।

नेकपा एसका नेता महेश रेग्मीले पनि इमान्दारिताका साथ गठबन्धन कार्यान्वयनमा जान नसेकेको बताए ।

कांग्रेस प्रदेश १ का उपसभापति रमेशजंग रायमाझीले नेपाली कांग्रेस क्याडरबेसभन्दा पनि पब्लिक बेस पार्टी भएकाले मत हाल्न अनुरोध गरिएको बताए ।

उनले भने, ‘हामीले अनुरोध गरेका हौं तर कतिपय हाम्रा शुभचिन्तकले द्वन्द्वको घाउका कारण द्वन्द्व घाउका कारण मत नहाल्नु भएको हुन सक्छ । यसलाई कांग्रेसले इमान्दारिता देखाएन भन्नु गलत कुरा हो ।’

रायमाझीले समग्रमा गठबन्धन उपलब्धिमूलक रहेको उनले दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *