एनआइसी एशियाको सेयर मूल्यमा वृद्धि, बजार पूँजीकरण ८० अर्ब नाघ्यो – Nepal Press

एनआइसी एशियाको सेयर मूल्यमा वृद्धि, बजार पूँजीकरण ८० अर्ब नाघ्यो

काठमाडौं । आइतबार (मंसिर ११) मा सेयर बजारमा उत्साह देखिँदा एनआइसी एशियाको सेयर मूल्यपनि १.३० प्रतिशतले बढेको छ । आइतबार एनआइसीको सेयर मूल्य प्रतिकित्ता ६९९ रुपैयाँ कायम भएको छ । एनआइसीको ११ करोड ५६ लाख ४० हजार कित्ता सेयर दोस्रो बजारमा सूचीकृत छ ।

यसको बजार पूँजीकरण ८० अर्ब ८३ करोड २३ लाख रुपैयाँ कायम भएको छ । पहिलो त्रैमासमा २६ बाणिज्य बैंकमध्ये एनआइसी एसिया बैंकले सबैभन्दा बढी १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसको नाफा ४८.७९. ले बढेको हो । पहिलो त्रैमासिक प्रतिवेदन अनुसार एनआइसी बैंकको प्रतिसेयर आम्दानी पनि सबैभन्दा धेरै अर्थात् ५९ रुपैयाँ ६२ पैसा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर