कोस्टारिकालाई हराएमा प्रिक्वार्टरफाइनल पुग्न सक्छ जापान – Nepal Press

कोस्टारिकालाई हराएमा प्रिक्वार्टरफाइनल पुग्न सक्छ जापान

दोहा। विश्वकप फुटबलअन्तर्गत समूहगत चरणको आफ्नो दोस्रो खेलमा जापानले आइतबार कोस्टारिकासँग खेल्दै छ। नेपालीसमयअनुसार अपरान्ह पौने ४ बजे सुरु हुने खेलमा जित हात पार्न सके जापानले एक खेल अगावै प्रिक्वार्टरफाइनलमा स्थान बनाउन सक्ने छ।

त्यसका लागि आइतबार राती हुने समूहको अर्को खेलमा जर्मनी र स्पेनबीच बराबरी हुनुपर्ने छ। समूहमा स्पेन र जापानको समान ३ अंक छ। कोस्टारिका र जर्मनीले अंक जोड्न सकेका छैनन्। पहिलो खेलमा जापानले जर्मनीलाई २–१ गोलले हराएको थियो भने कोस्टारिका, स्पेनसँग ७–० गोलले पराजित भएको थियो।

सन् १९९८ देखिका हरेक विश्वकप संस्करण खेलिरहेको जापान यसबीचमा तीनपटकसम्म पहिलो चरण पार भएको छ। गत संस्करणमा पनि प्रिक्वार्टरफाइनलसम्म पुगेको थियो। जापानले यसअघि सन् २००२ को विश्वकपमा मात्र लगातार दुई खेल जितेको थियो। अन्तर्राष्ट्रिय फुटबलमा कोस्टारिकाले जापानलाई हालसम्म हराउन सकेको छैन।

यी दुई टोलीबीच भएका चार भिडन्तमा जापानले तीन खेल जितेको छ भने एक खेल बराबरी भएको छ। अन्तिमपटक सन् २०१८ मा प्रतिस्पर्धा गरेकामा जापान ३–१ गोलले विजयी भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर