सुनसरी ४ मा भएन सहमति, हार्ने भएपछि सत्ताको आडमा सञ्चारमन्त्रीले बखेडा झिकेको एमालेको आरोप (भिडिओ) – Nepal Press

सुनसरी ४ मा भएन सहमति, हार्ने भएपछि सत्ताको आडमा सञ्चारमन्त्रीले बखेडा झिकेको एमालेको आरोप (भिडिओ)

विराटनगर । सुनसरी ४ को मतगणना सुचारू गर्ने विषयमा बसेको सर्वदलीय बैठक विनानिष्कर्ष टुंगिएको छ । सत्ता गठबन्धनका प्रतिनिधिहरूले पुन: मतगणना गर्नुपर्ने माग राखेपछि बिहान बसेको बैठकमा पनि सहमति जुटेन ।

हिजो साँझबाट सुनसरी ४ को मतगणना स्थागित भएको छ । धाँधली भएको भन्दै गणनाको उत्तरार्द्धमा कांग्रेस उम्मेदवार सञ्चारमन्त्री कार्कीले पुन: मतगणनाको माग गरेपछि यहाँ विवाद भएको थियो । एमाले उम्मेदवार जगदिशप्रसाद कुशियैतसँग कार्कीको तीब्र प्रतिस्पर्धा छ । आयोगका अनुसार पछिल्लो परिणाम अनुसार मन्त्री कार्की ९८ मतले मात्र अगाडि छन् । कार्कीको २३४३९ मत छ भने कुशियैतको २३३४१ छ ।

गणनामा खटिएका कर्मचारीले घोषणाको क्रममा परिणामभन्दा एमालेको ६०६ मत बढी सुनाएपछि एमालेसँग मिलेमतोमा कर्मचारीले धाँधली गरेको कांग्रेसको आरोप छ ।

पटकपटक भएको सर्वदलीय बैठकमा मुख्य निर्वाचन अधिकृत अर्जुन कोइरालाले कर्मचारीका तर्फबाट भन्दा गल्ती भएको बताउँदै आएका छन । भन्दा बढी भनेको भएपनि रेर्कडमा भने सही नै मत परिणाम राखिएकाले यसलाई ठूलो बिषय नबनाउन कोइरालाको आग्रह छ ।

तर, मन्त्री कार्कीले भने पुन: मत गणना हुनुपर्ने माग राख्दै आएका छन् । एमाले उम्मेदवार कुशियैत र सुनसरी अध्यक्ष रेवतीरमण भण्डारीले हार्ने भएपछि सत्ताको आडमा मन्त्री कार्कीले बखेडा झिकेको टिप्पणी गरेका छन् ।

कांग्रेसले पकड मानेको क्षेत्रबाट अपेक्षित मत नखसेपछि कार्कीले धाँधली भएको भन्दै गणनाको उत्तरार्द्धमा पुन: मतगणनाको माग गरेपछि यहाँ विवाद भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर