सञ्चारमन्त्री कार्कीले धाँधली भयो भनेपछि रोकिएको गणना सुचारु गर्न सुनसरी ४ मा सर्वदलीय बैठक सुरू
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2022/11/sunsari-4-ganana.jpg)
विराटनगर । सुनसरीको क्षेत्र नम्बर ४ मा शनिबार साँझबाट स्थगित मतगणना सुचारू गर्ने बारे छलफल गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक सुरू भएको छ ।
बैठकमा मुख्य निर्वाचन अधिकृत, प्रशासन, सुरक्षा निकायका प्रमुख, उम्मेदवारहरू सहभागी छन् । यहाँ एमालेका उम्मेद्वार जगदिश कुसियत र गठबन्धनबाट कांग्रेसका उम्मेदवार सञ्चारमन्त्रीबीच प्रतिस्पर्धा छ । शनिबार साँझको अपडेट अनुसार यहाँ कार्कीले झिनो मतले लिड गरेका छन् । कांग्रेसले पकड मानेको क्षेत्रबाट अपेक्षित मत नखसेपछि कार्कीले धाँधली भएको भन्दै गणनाको उत्तरार्द्धमा पुन: मतगणनाको माग गरेपछि यहाँ विवाद भएको थियो ।
एमाले नेताहरूले भने गणना सकिएको मतलाई कायम गरेर मतगणनालाई निरन्तरता दिनुपर्ने बताएका छन् । गणनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ । सर्वदलीय बैठकमा पत्रकारलाई प्रवेश दिइएको छैन ।