आफ्नो हारले हिन्दू राष्ट्र र विकासको सपना अधुरो बन्ने कमल थापाको चिन्ता – Nepal Press

आफ्नो हारले हिन्दू राष्ट्र र विकासको सपना अधुरो बन्ने कमल थापाको चिन्ता

काठमाडौं । मकवानपुरमा चुनाव हारेपछि राप्रपा नेपालका अध्यक्ष कमल थापा सामाजिक सञ्जालमा पोखिइरहेका छन् । आज बिहानै उनले नयाँ स्टाटस लेख्दै चुनावी हारेको संस्लेषण गरे ।

उनले चुनाव हारेर आफूले केही नगुमाएको उल्लेख गरेका छन् । तर, नेपाललाई हिन्दू राष्ट्र बनाउने सपना कमजोर बनेको भन्दै दुख व्यक्त गरेका छन् ।

‘नेपाललाई सर्वधर्म समभावसहितको हिन्दु राष्ट्र बनाउने सपना कमजोर भएकोमा दुखी छु,’ थापाले भनेका छन् । हेटौंडालाई बाग्मती प्रदेशको राजधानी बनाएको जस लिँदै थापाले यहाँका विकास योजनाहरु भने अधुरा रहने चिन्ता व्यक्त गरेका छन् ।

उनी लेख्छन्, ‘मैले हेटौंडालाई राजधानी त बनाएँ। तर,काठमाडौं जोड्ने सुरुङमार्ग,नयाँ औद्योगिक क्षेत्र,चक्रपथ बनाउने, हेटौंडा हस्पिटलको स्तरोन्नति गर्ने र विश्वविद्यालय स्थापना गर्ने सपना हारेकोमा भने चिन्ता छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *