रामेछापमा कांग्रेसका कान्छाराम फराकिलो मतान्तरले विजयी – Nepal Press

रामेछापमा कांग्रेसका कान्छाराम फराकिलो मतान्तरले विजयी

काठमाडौं । रामेछापमा नेपाली कांग्रेसका पूर्ण बहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् ।

आज बिहान सम्पन्न मतगणना परिणामअनुसार उनले आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका कैलास ढुङ्गेललाई १६ हजार ३६९मतले उछिन्दै विजयी भएका हुन् ।

रामेछापका निर्वाचन अधिकृतको कार्यालयका अनुसार तामाङले ४७हजार ०९८ ल्याएका छन् भने ढुङ्गेलले ३० हजार ७२९ मत प्राप्त गरेका छन् । यस्तै प्रदेशतर्फ क्षेत्र नम्बर १ मा गठबन्धनबाट माओवादीका तारानारायण क्षेष्ठ र क्षेत्र नम्बर २ मा युवराज चौलागाई विजयी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर