म्याराडोनासँग मेस्सीको बराबरी – Nepal Press

म्याराडोनासँग मेस्सीको बराबरी

दोहा– लियोनल मेस्सीले विश्वकप फुटबलमा आफ्नो गोल संख्या ८ पुराउँदै डिएगो म्याराडोनासँग बराबरी गरेका छन्।

कतार विश्वकपअन्तर्गत शनिबार राती मेक्सिकोविरुद्ध गोल गर्दै मेस्सीले म्याराडोनासँग बराबरी गरेका हुन्।
विश्वकपमा अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने खेलाडी भने गाब्रियल बाटिस्टुटा हुन्।

उनले १० गोल गोल गरेका थिए। अब दुई गोल थपेको अवस्थामा मेस्सीले बाटिस्टुटाको कीर्तिमान पनि बराबरी गर्नेछन्। मेस्सी अर्जेन्टिनाका सर्वकालिन सर्वाधिक गोलकर्ता हुन्। उनको गोल संख्या ९३ पुगेको छ।

मेस्सीले अर्जेन्टिनाका लागि खेलेका पछिल्ला ६ खेलमा लगातार गोल गरेका छन्। जारी विश्वकपमा पहिलो खेलमा पनि उनले साउदी अरबविरुद्ध गोल गरेका थिए। साउदी अरबसँग पराजित भएपछि दबाबमा परेको अर्जेन्टिनालाई मेक्सिकोविरुद्ध २–० गोलको जित दिलाउन मेस्सीले एक गोल र एक असिस्ट गरे।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर