विश्वकपः डेनमार्कलाई पराजित गर्दै फ्रान्स अन्तिम १६ मा – Nepal Press

विश्वकपः डेनमार्कलाई पराजित गर्दै फ्रान्स अन्तिम १६ मा

  1. काठमाडौं । किलेन एम्बाप्पेको दुई गोल प्रेरित फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘डी’ मा डेनमार्कलाइ २–१ गोलको नतिजामा पराजित गर्दै फ्रान्स एक खेल अगावै अन्तिम १६ मा प्रवेश गरेको छ ।

स्टेडियम नाइन सेभन फोरमा सम्पन्न खेलमा फ्रान्सलाई जित दिलाउन किलेन एम्बाप्पेले दुई गोल गरे । डेनमार्कका एन्ड्रास क्रिस्टेनसनले एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६१औं मिनेटमा एम्बाप्पेले गोल गर्दै डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई अग्रता दिलाएका थिए ।

त्यसको सात मिनेट नबित्दै डेनमार्कका क्रिस्टेनसनले बाबरी गोल फर्काएका थिए ।

एम्बाप्पेले ८६औं मिनेटमा दोस्रो गोल गर्दै फ्रान्सको जित २–१ ले सुनिश्चित गरेका थिए ।

पछिल्लो तीन संस्करणमा डिफेन्डिङ च्याम्पियन समूह चरण बाटै बाहिरिएका थिए । यस पटक डिफेन्डिङ च्याम्पियन फ्रान्स समूह चरण पार गरेर नकआउट चरण पुग्ने पहिलो टिम भएको छ ।
सन् २०१० मा इटाली, २०१४ मा स्पेन र २०१८ मा जर्मनी पहिलो चरणबाटै बाहिरिएका थिए ।

समूह चरणको पहिलो खेलमा अस्ट्रेलियालाई ४–१ गोलको नतिजमा राजित गरेको फ्रान्सले जितसँगै फ्रान्सले ६ अंक जोडेको छ । डेनमार्कले पहिलो खेलमा ट्युनिसियासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर