ओलीपछि राजेन्द्र लिङ्देनको पार्टी पङ्क्तिलाई निर्देशन- समानुपातिक मतगणनामा विशेष ध्यान दिनू – Nepal Press

ओलीपछि राजेन्द्र लिङ्देनको पार्टी पङ्क्तिलाई निर्देशन- समानुपातिक मतगणनामा विशेष ध्यान दिनू

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समानुपातिक मतगणनामा विशेष ध्यान दिन पार्टी पङ्क्तिलाई निर्देशन दिएका छन् ।

एमाले अध्यक्ष ओलीले केही गठबन्धन दलको मत अश्वभाविक वृद्धि भएको भन्दै कार्यकर्तालाई सजग हुन निर्देशन दिए लगत्तै राप्रपा अध्यक्षको वक्तव्य आएको हो ।

उनले समानुपातिक मतगणनामा विशेष ध्यान दिन,अनिवार्य प्रतिनिधि उपस्थित हुन र प्रतिनिधि नखटिएको भए तुरुन्तै प्रबन्ध गर्न मातहत कमिटी र उम्मेदवारहरूलाई निर्देशन दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर