इलाम २ मा पनि धाँधली भएको भन्दै कांग्रेसको नाराबाजी, नेम्वाङलाई झिनो मतको अग्रता – Nepal Press

इलाम २ मा पनि धाँधली भएको भन्दै कांग्रेसको नाराबाजी, नेम्वाङलाई झिनो मतको अग्रता

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ मतगणना सकिदा झिनो मतले विजयी भएपछि नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले गणनामा धाँधली भएको आरोप लगाएका छन् ।

नेम्वाङ र खड्काबीचको टक्कर एक सय मतभन्दा तल पुगेका बेला अन्तिम गणना सकिँदा ५० भन्दा कम मतले नेम्वाङ जिते पनि निर्वाचन आयोगले घोषणा गर्नुअघि नै कांग्रेसले मतपत्र तलमाथि भएको आरोप लगाएको छ ।

जित/हारको औपचारिक घोषणा भएको छैन तर विजय जुलुस मनाउने तयारीका साथ गएका कांग्रेस कार्यकर्ताहरू विरोध जुलुस र नाराबाजी गरिरहेका छन् । मतगणनास्थलबाहिर एमाले कार्यकर्ताहरू विजय जुलुसको तयारीमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर