गृहमन्त्री खाणलाई हराउँदै राप्रपाका दीपक २६ सय बढी मतले विजयी – Nepal Press

गृहमन्त्री खाणलाई हराउँदै राप्रपाका दीपक २६ सय बढी मतले विजयी

रूपन्देही । रूपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाणले पराजय व्यहोरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरासँग २६ सय ४२ मतको अन्तरले गृहमन्त्री खाण पराजित भएका हुन् ।

बोहोराले ३६ हजार ६४८ मत प्राप्त गरेका छन् भने खाणले ३४ हजार ६ मत पाएका छन् ।

गृहमन्त्री खाण पाँचदलीय गठबन्धनबाट नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार थिए भने बोहोरा एमाले, राप्रपा र जसपाबीचको तालमेलका साझा उम्मेदवार थिए ।

रुपन्देही क्षेत्र नम्बर ३ (२) मा नेकपा एमालेका तुलसीप्रसाद चौधरी विजयी भएका छन् भने ३ (१) मा लोसपाका सन्तोष पाण्डेले चुनाव जितेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर