यी हुन् कांग्रेसबाट निर्वाचित ५० सांसद, कुन प्रदेशबाट काे ? (नामसहित) – Nepal Press

यी हुन् कांग्रेसबाट निर्वाचित ५० सांसद, कुन प्रदेशबाट काे ? (नामसहित)

काठमाडौं । प्रतिनिधिसभाको १६५ मध्ये १४७ निर्वाचन क्षेत्रको नतिजा आउँदा नेपाली कांग्रेस सबैभन्दा अगाडि रहेको छ । पछिल्लो परिणाम अनुसार कांग्रेसले ५० क्षेत्रमा आफ्नो जित दर्ता गरेको छ ।

नेपाली कांग्रेसले सबैभन्दा बढी बागमती प्रदेशका १२ क्षेत्रमा जीत निकालेको छ ।

यस्तै गण्डकीका ९, सुदूरपश्चिमका ७, प्रदेश नम्बर १, लुम्बिनी र मधेश प्रदेशका समान ६-६ क्षेत्रमा जित निकालेको छ ।

त्यसैगरी कर्णालीका ४ क्षेत्रमा जीत निकालेको छ ।

यी हुने विजेता सांसद

प्रदेश १

१. ओखलढुंगा – रामहरि खतिवडा

२. झापा १ – विश्वप्रकाश शर्मा

३. मोरङ ६ – डा.शेखर कोइराला

४. संखुवासभा – दीपक खड्का

५. मोरङ ३- सुनिल शर्मा

६. तेह्रथुम – सीता गुरुङ

मधेश प्रदेश

१. पर्सा ४ – रमेशकुमार रिजाल

२. पर्सा १ – अजयकुमार चौरसिया

३. रौतहट ४ – देवप्रसाद तिमल्सिना

४. सप्तरी ३ – दिनेशकुमार यादव५

५. धनुषा ३ – रामकृष्ण यादव

६. सप्तरी ४- तेजुलाल चाैधरी

बागमती प्रदेश

१. काठमाडौं १ – प्रकाशमान सिंह

२. काठमाडौं ३ – सन्तोष चालिसे

३. काठमाडौं ४– गगनकुमार थापा

४. काठमाडौं ५ – प्रदीप पौडेल

५. काठमाडौं १० – राजेन्द्रकुमार केसी

६. रसुवा – मोहन आचार्य

७. ललितपुर १ – उदयसमशेर जबरा

८. भक्तपुर २– दुर्लभ थापा क्षेत्री

९. धादिङ २ – रामनाथ अधिकारी

१०. सिन्धुली १ – श्यामकुमार घिमिरे

११. सिन्धुपाल्चोक २ – मोहनबहादुर बस्नेत

१२. नुवाकोट २- अर्जुननरसिंह केसी

गण्डकी प्रदेश

१. मुस्ताङ – योगेश गौचन

२. मनाङ – टेकबहादुर गुरुङ

३. तनहुँ २ – शंकर भण्डारी

४. गोरखा १ – राजेन्द्र बजगाई

५. म्याग्दी – खमबहादुर गर्बुजा

६. तनहुँ १ – रामचन्द्र पौडेल

७. नवलपुर १ – शशांक कोइराला

८. नवलपुर २– विष्णुकुमार कार्की

९. स्याङ्जा १ – राजु थापा

लुम्बिनी प्रदेश

१. बाँके ३ – किशोरसिंह राठौर

२. बर्दिया १– सञ्जय गौतम

३. दाङ ३– दीपक गिरी

४. पश्चिम नवलपरासी १– विनोद चौधरी

५. कपिलवस्तु २- सुरेन्द्र आचार्य

६. गुल्मी १ – चन्द्र भण्डारी

कर्णाली प्रदेश

१. सुर्खेत २ – हृदयराम थानी

२. दैलेख २ – दिक्पालकुमार शाही

३. सुर्खेत १– पूर्णबहादुर खड्का

४. मुगु- ऐनबहादुर शाही

सुदूरपश्चिम प्रदेश

१. डडेलधुरा – शेरबहादुर देउवा

२. अछाम २ – पुष्पबहादुर शाह

३. कैलाली ४ – बीरबहादुर बलायर

४. दार्चुला – दिलेन्द्रप्रसाद बडू

५. कञ्चनपुर ३ – रमेश लेखक

६. कञ्चनपुर २ – एनपी साउद

७. कैलाली ५ – डिल्लीराज पन्त


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर