निटफेस्ट २०२२ को दोस्रो दिन शबाना आजमीको मास्टर क्लास हुँदै – Nepal Press

निटफेस्ट २०२२ को दोस्रो दिन शबाना आजमीको मास्टर क्लास हुँदै

काठमाडौं । दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को दोस्रो दिन शनिबार दुई नाटकको चार मञ्चन र सुपशिद्ध भारतीय रङ्गकर्मी तथा अभिनेत्री शबाना आजमीको मास्टरक्लास हुँदैछ ।

शुक्रबारदेखि सुरु भएको महोत्सवमा शनिबार भारतको नाटक ‘देस्देमोना रुपकम’ मध्यान्ह १२ बजे र दिउँसो ४ बजे मञ्चन हुँदैछ । अंग्रेजी, कन्नड र तामिलभाषी यस नाटकका निर्देशक अभिषेक मजुमदार हुन् ।

त्यस्तै अर्को नाटक स्पेन र इटालीको संयुक्त प्रस्तुति ‘मिस्टर एण्ड मिसेस क्राफ्ट’ दिउँसो २ र ४ बजे मञ्चन हुँदैछ । नन भर्वल यस नाटकका निर्देशक पाब्लो दुरान रोजस डायना कोस्टा हुन् ।

त्यस्तै महोत्सवको आकर्षणको रुपमा रहेको अभिनेत्री शबना आजमीको मास्टरक्लस साँझ ७ः३० बजे हुँदैछ । अभिनयका शिल्प र शैली, संघर्ष र सफलतालगायतका सन्दर्भमा हुने मास्टरक्लसलाई कवि विप्लव प्रतीकले सहजस्करण गर्दैछन् ।

सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव भन्ने नाराका साथ मण्डला थिएटर थापागाउँ काठमाडौंमा भइरहेको महोत्सव आगामी मंसिर १७ सम्म चल्नेछ । महोत्सवको शुक्रबार भारतका सुप्रशिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमीको विशेष आथित्यतामा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठले समुद्घाटन गरेका हुन् ।

पहिलो दिन शुक्रबार नयनराज पाण्डेको कथामा आधारित दिया मास्के निर्देशित नेपाली नाटक ‘कथा कस्तुरी’ र अनिल सुब्बा निर्देशित नाटक ‘बुद्ध र भिकारी’ मञ्चन भएको छ । त्यस्तै पहिलो दिन बिहान ‘डिभाइजिङ अपेरेटिक ड्रामाटर्जी कार्यशाला’ साँझमा ‘ब्रिथ एण्ड बिट’ शीर्षकमा शलिल सुवेदी र नवरा गुरुङको साँगितिक कार्यक्रम पनि भएको थियो ।

महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *