कांग्रेस नेत्री चित्रलेखा यादवलाई हराउँदै सिरहा–२ मा जसपाका राजकिशोर निर्वाचित – Nepal Press

कांग्रेस नेत्री चित्रलेखा यादवलाई हराउँदै सिरहा–२ मा जसपाका राजकिशोर निर्वाचित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार राजकिशोर यादव निर्वाचित भएका छन् । यादवले नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवलाई पराजित गर्दै सिरहा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

निर्वाचन आयोगका अनुसार राजकिशोरले २४ हजार १७८ मत प्राप्त गरेका छन् । त्यसैगरी चित्रलेखाले २३ हजार २८ मत पाएकी छन् । उनीहरू बीचमा एक हजार एक सय ५० मतान्तर रहेको छ ।

त्यसैगरी जनमत पार्टीका उम्मेदवार विनोदकुमार यादव १६ हजार नौ सय दुई मत प्राप्त गरी तेस्रो भएका छन् । सिरहा निर्वाचन क्षेत्र नं–२ मा प्रतिनिधिसभा सदस्यको निम्ति २४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर