एमाले छाडेका घनश्यामलाई हराउँदै प्रत्यक्षतर्फ एकमात्र दलित सांसद बने छविलाल विश्वकर्मा – Nepal Press

एमाले छाडेका घनश्यामलाई हराउँदै प्रत्यक्षतर्फ एकमात्र दलित सांसद बने छविलाल विश्वकर्मा

रुपन्देही । नेकपा (एमाले)का केन्द्रीय सचिव छविलाल विश्वकर्मा रुपन्देहीको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । लुम्बिनी प्रदेशका ईन्चार्ज समेत रहेका विश्वकर्मा आफ्नै पूर्वसहकर्मी घनश्याम भुसाललाई हराउँदै विजयी भएका हुन् ।

विश्वकर्माले २४ हजार ८७२ मत ल्याएर विजयी भए भने प्रतिद्वन्द्वी भुसालले २१ हजार ३०८ मत प्राप्त गरे । भुसालले एमालेबाट टिकट नपाएपछि पार्टी परित्याग गरी त्रिभुज चुनाव चिन्ह लिएर स्वतन्त्र लडेका थिए । उनलाई सत्ता गठबन्धनले साझा उम्मेदवारको रुपमा अगाडि बढाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर