सुजाताले जोगाउन सकिनन् गिरिजाबाबुको विरासत, मोरङ २ मा एमालेका ऋषिकेश विजयी – Nepal Press

सुजाताले जोगाउन सकिनन् गिरिजाबाबुको विरासत, मोरङ २ मा एमालेका ऋषिकेश विजयी

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसकी प्रभावशाली नेता सुजाता कोइराला पराजित भएकी छन् ।

स्वर्गीय गिरिजाप्रसाद कोइरालाको विरासत मानिएको मोरङ क्षेत्र नम्बर २ बाट कोइरालापुत्री सुजाता पराजित भएकी हुन् ।

सो क्षेत्रमा एमालेका ऋषिकेश पोखरेल ३३ हजार १४८ मतका साथ विजयी भएका छन् । सुजाताले ३१ हजार ९४० मत पाएकी छन् ।

यसअघि सो क्षेत्रमा कांग्रेसका डा. मिनेन्द्र रिजालसँग पराजित भएका पोखरेलले यस पटक सुजातालाई पराजित गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर