इरानसँग वेल्स स्तब्ध, इङ्ल्यान्डसँग भिड्नुअघि संकटमा – Nepal Press

इरानसँग वेल्स स्तब्ध, इङ्ल्यान्डसँग भिड्नुअघि संकटमा

दोहा।  विश्वकप फुटबलअन्तर्गत समूहगत चरणको आफ्नो दोस्रो खेलमा इरानले वेल्सलाई २-० गोलले हराएको छ।

शुक्रबार साँझ भएको खेलमा वेल्स पराजित भएको हो । इरानले दुवै गोल दोस्रो हाफको इन्जुरी समयमा गरेको थियो   इरानविरुद्ध वेल्स ८६ ‍औँ मिनेटमा १० खेलाडीमा सिमित भएको थियो। वेल्सका गोलरक्षकले रातो कार्ड पाएका थिए। वेल्स  यसअघि पहिलो खेलमा अमेरिकासँग गोलरहित बराबरीमा रोकिएको थियो।

वेल्सविरुद्ध इरानले इन्जुरी समयको ८ औँ र ११ औँ मिनेटमा गोल गरेको थियो। रोजबेह चेस्मी र रमिन रेजाइयानले गोल गर्दै इरानको अगाडि बढ्ने सम्भावना कायमै राखे।

वेल्सले समूहको अन्तिम खेलमा अब इङ्ल्यान्डको सामना गर्ने छ। प्रिक्वाटरफाइनल पुग्ने सम्भावना कायम राख्न वेल्सले इङ्ल्यान्डलाई हराउनुपर्ने छ।  इरानले भने पहिलो खेलमा इङ्ल्यान्डसँग हार ब्यहोरेको थियो। अन्तिम खेलमा इरानले अमेरिकासँग खेल्ने छ।

छैटौँपटक विश्वकप खेलिरहेको इरानले प्रतियोगिताको इतिहासमा १७ खेल खेल्नेक्रममा केवल तेस्रो जित हात पारेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर