समानुपातिकमा मतान्तर बढाउँदै एमाले, कुन-कुन पार्टी राष्ट्रिय दल बन्लान् ? – Nepal Press

समानुपातिकमा मतान्तर बढाउँदै एमाले, कुन-कुन पार्टी राष्ट्रिय दल बन्लान् ?

काठमाडौं । प्रतिनिधि सभाको समानुपातितर्फ नेकपा (एमाले)ले नेपाली काग्रेससँग मतान्तर बढाउँदै गएको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म एमालेले १२ लाख ६५ हजार ६९७ मत प्राप्त गर्दा नेपाली कांग्रेसलाई भने ७१ हजार ९६७ मतान्तरले पछि पारेको छ । काँग्रेसले अहिलेसम्म ११ लाख ९३ हजार ३७९२ मत प्राप्त गरेको छ ।

यसअघि एमाले र काँग्रेसलाई पछ्याइराखेको राष्ट्रिय स्वतन्त्र पार्टी पछिल्लो मत परिणाम अनुसार एमाले र कांग्रेसभन्दा दोब्बरले पछि परेको छ । रास्वपले अहिलेसम्म ५ लाख ८६ हजार ५१२ मत प्राप्त गर्दा नेकपा (माओवादी केन्द्र)ले ५ लाख ४५ हजार १९९ मत प्राप्त गरेको छ । रास्वपाभन्दा माओवादी ४१ हजार ६१३ मतान्तरले पछि छ ।

अहिलेसम्मको समानुपातिकतर्फको मतगणनाको परिणाम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी लगभग राष्ट्रिय पार्टी बन्ने सुनिश्चित गरेको छ । उसले अहिलेसम्म ३ लाख ३ हजार ३१२ मत प्राप्त गरेको छ ।

प्रतिनिधि सभा निर्वाचनमा जम्मा मतदानको ६१ प्रतिशत मतदान भएकाले १ करोड ९ लाख मत खसेकेमा ९ लाख मत सदर भएको मान्दा करिब १ करोड मत सदर भएको निर्वाचन आयोगको अनुमान छ । त्यसै अनुसार ३ प्रतिशतको थ्रेस होल्ड कटाउनका लागि ३ लाख भन्दा बढी मत प्राप्त गर्नुपर्छ । राप्रपा भन्दा पछि छैटौ नम्बरमा जनता समाजवादी पार्टीले १ लाख ४५ हजार ५२० मत प्राप्त गरेको छ भने नेकपा (एकीकृत समाजवादी)ले ९७ हजार ४३४ मत प्राप्त गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर