६ भोटले जित्दै स्याङ्जाबाट एमालेका सुधीर बने प्रदेश सांसद – Nepal Press

६ भोटले जित्दै स्याङ्जाबाट एमालेका सुधीर बने प्रदेश सांसद

पोखरा । स्याङ्जा प्रदेशसभा निर्वाचन क्षेत्र १ (२) मा नेकपा एमालेका सुधीर पौडेल ६ मतको अन्तरले चुनाव जितेका छन् । पौडेलले नेपाली कांग्रेसका बुद्धिबहादुर रानालाई ६ मतले हराएका हुन् ।

आँधीखोला गाउँपालिकाका पूर्वअध्यक्ष पौडेलले अन्तिम मतपरिणाम अनुसार १७४४१ मत पाए । यस्तै उनका निकटतम प्रतिद्वन्द्वी बुद्धिले १७४३५ मत पाए । स्याङ्जा १ (१) मा पनि नेकपा एमालेकी सीता सुन्दास निर्वाचित भइसकेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर