अथक प्रयासका बाबजुद सफल भएनौँ, समयक्रममा समीक्षा गछौं: प्रदीप ज्ञवाली – Nepal Press

अथक प्रयासका बाबजुद सफल भएनौँ, समयक्रममा समीक्षा गछौं: प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आफूहरुले अथक प्रयास गर्दा पनि अभियान सफल बनाउन नसकेको दुखेको गरेका छन्।

गुल्मी १ बाट कांग्रेसका चन्द्र भण्डारीसँग पराजित भएपछि उनले । प्रतिकूल परिणामको जिम्मेवारी आफ्नो काँधमा लिने बताए।

उनले आफूलाई निर्वाचनमा सहयोग गर्नेलाई धन्यवाद दिँदै फेशबुकमा लेखेका छन्, ‘अथक प्रयासका बाबजुद हाम्रो अभियान सफल हुन सकेन । तपाईंहरूको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा क्षमा चाहन्छु । प्रतिकूल परिणामको जिम्मेवारी म मेरै काँधमा लिन्छु । कहाँ कमीहरु रहन गए, समयक्रममा समिक्षा हुने नै छ ।’

उनले आफू संसद भवन भित्र पुग्न नसके पनि मुलुक र आन्दोलनको उज्ज्वल भविष्यप्रति निरन्त काम गर्ने बताएका छन्।

‘ओराली र उकाली यात्राका अभिन्न अङ्ग हुन् भने सफलता र विफलता जिन्दगीका अविभाज्य हिस्सा। म संसद भवन भित्र पुग्न नसके पनि मुलुक र आन्दोलनको उज्ज्वल भविष्यप्रति ममा कुनै सन्देह छैन। यस परिणामलाई मैले स्थितप्रज्ञ भावले ग्रहण गरेको छु’ उनको भनाइ छ।

वैधानिक रुपमा जनप्रतिनिधिको भूमिकामा नरहे पनि जनताको मनको प्रतिनिधिका रुपमा दुःख सुखमा साथ दिने प्रतिवद्धता गरेका छन्।उनले राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर जिल्लाको समग्र विकास र जिल्लावासीहरुको सेवामा समर्पित हुने उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर