जनताको सेवामा समर्पित हुँदै समृद्धिको अभियान थाल्छु : प्रचण्ड (भिडिओ) – Nepal Press

जनताको सेवामा समर्पित हुँदै समृद्धिको अभियान थाल्छु : प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले चुनावअघि गरेको वाचा पूरा गर्ने प्रतिबद्धता गरेका छन् ।

गोरखा २ बाट भारी मतले निर्वाचित भएपछि प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले गोरखाबाट विकास र समृद्धिको नयाँ अभियान थाल्ने बताए ।

उनले भने, ‘हामीले गोरखाबाट विकास र समृद्धिको नयाँ-नयाँ अभियान थाल्ने प्रतिबद्धता व्यक्त गरेका छौं । त्यही प्रतिबद्धताअनुसार अघि बढ्ने विश्वास दिलाउन चाहन्छु । जनताले दिएको मतलाई सम्मान गर्दै सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गर्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर