प्रदीप ज्ञवालीलाई पराजित गर्दै गुल्मी १ मा कांग्रेसका चन्द्र भण्डारी विजयी – Nepal Press

प्रदीप ज्ञवालीलाई पराजित गर्दै गुल्मी १ मा कांग्रेसका चन्द्र भण्डारी विजयी

रुपन्देही । गुल्मीको क्षेत्र नं १ बाट नेकपा एमालेका उपमहाुचिव प्रदीप ज्ञवालीलाई चौथोपटकको संसद यात्रामा ब्रेक लगाउँदै नेपाली कांग्रेसका नेता डाक्टर चन्द्र भण्डारी विजयी भएका छन्।

अन्तिम मत परिणाम भण्डारीले ३३७४४ मत पाए भने ज्ञवालीले ३२१५२ मत  पाए ।  भण्डारी १५९२ मतान्तरले विजयी भएकाे हाे ।यसअघि सोही क्षेत्रबाट निर्वाचित ज्ञवाली र भण्डारीको यो चौथो प्रतिस्पर्धा हो ।

निर्वाचनको अन्तिम औपचारिक परिणाम घोषणा हुन बाँकी रहेको छ। ज्ञवाली ०५६ देखि सो क्षेत्रमा निरन्तर चुनाव लडेदै आएका छन् भने भण्डारी ०६४ देखि लड्दै आएका छन् । भण्डारी ०७० मा एकपटक निर्वाचित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर