काभ्रे–२ (२)मा बादे निर्वाचित – Nepal Press

काभ्रे–२ (२)मा बादे निर्वाचित

काभ्रे । काभ्रेको क्षेत्र नं २ (२) को प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका कञ्चनचन्द्र बादेले २६ हजार ३५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का कुमार थापाले २१ हजार नौ सय ५७ मत प्राप्त गरेका थिए ।

निर्वाचित बादेले यसअघि विसं २०७० मा भएको संविधानसभा निर्वाचनमा एमालेका गोकुलप्रसाद बाँस्कोटालाई पराजित गरेका थिए । विजयी बादे नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्रीसमेत छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर