भाइरल मेयर’ द्वारिकलाललाई फापेन माओवादी, एमालेका रेवती भण्डारीसँग पराजय निश्चित – Nepal Press

भाइरल मेयर’ द्वारिकलाललाई फापेन माओवादी, एमालेका रेवती भण्डारीसँग पराजय निश्चित

इटहरी । १२ वडा भएको सुनसरी क्षेत्र नम्बर २(क) को ११ वडाको गणना सकिँदा एमाले उमेदवार तथा संविधानसभा सदस्य रेवती भण्डारी जितउन्मुख भएका छन् ।

१३६१० मतसहित भण्डारी अग्रस्थानमा छन् । चुनावी अगाडि एमाले छाडेर माओवादीबाट टिकट लिएका द्वारिकलाल चौधरी २४३८ मतले पछाडि छन् । चौधरीको १११७२ मत आएको छ । गणना हुँदै गरेको रामधुनी नगरपालिका वडा नम्बर ५ को कुल मत ३०४२ छ ।

सुनसरीको इटहरी उपमहानगरका १, २, ३, ४, ५, १६, १७, १८, १९ २० र रामधुनिका ३ र ५ वडा मिलेर सुनसरी क्षेत्र नम्बर २ (क) बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर