रोनाल्डोको विश्व कीर्तिमान, बने पाँच फरक विश्वकपमा गोल गर्ने पहिलो खेलाडी – Nepal Press

रोनाल्डोको विश्व कीर्तिमान, बने पाँच फरक विश्वकपमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौं । पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले कतारमा जारी विश्वकपमा समूह‘एच’अन्तर्गत घानाविरुद्धको खेलमा गोल गर्दै विश्व कीर्तिमान बनाएका छन् ।
उनी पाँच वटा फरक विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । खेलको ६५औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै रोनाल्डोले विश्कप फुटबल इतिहासमा नयाँ कीर्तिमान रच्न सफल भए । रोनाल्डोले यसअघि, २००६,२०१०,२०१४ र २०१८ को विश्वकपमा पनि गोल गरेका छन् । उनले सबैभन्दा धेरै २०१८ को विश्वकपमा ४ गोल गरेका थिए । रोनाल्डोले विश्वकपको २०१८ को विश्वकपमा स्पेनविरुद्धको खेलमा ह्याट्रिक गरेका थिए ।
हालसम्म विश्वकपमा ८ गोल गरेका रोनाल्डोले पोर्चुगल राष्ट्रिय टिमका लागि १ सय १८ गोल गरिसकेका छन् ।

जारी विश्वकपमा घानाविरुद्धको जितसँगै पोर्चुगलले समूह‘एच’ मा तीन अंक जोडेको छ ।

यसअघि समूह‘एच’ को पहिलो खेलमा उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । घानाले समूह चरण अन्तर्गत दोस्रो खेलमा सोेमबार दक्षिण कोरियासँग प्रतिस्पर्धा गर्नेछ भने । पोर्चुगलले मंलबार उरुग्वेसँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर