रोनाल्डोको गोलमा पोर्चुगललाई अग्रता – Nepal Press

रोनाल्डोको गोलमा पोर्चुगललाई अग्रता

काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा समूह ‘एच’ अन्तर्गत घानाविरुद्धको खेलमा पोर्चुगलले अग्रता लिएको छ ।

स्टेडिएम नाइन सेभन फोर मा जारी खेलको ६५ औँ मिनेटमा कप्तान रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका हुन् ।

घानाका डिफेन्डर माेहमद सलिसुले रोनाल्डोलाई बक्सकाे बायाँतर्फ फाउल गरेपछि पोर्चुगलले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई सदुपयाेग गर्दै रोनाल्डोले गोल गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर