गुल्मी १ मा प्रदीप र चन्द्रको रोचक बन्दै गणना – Nepal Press

गुल्मी १ मा प्रदीप र चन्द्रको रोचक बन्दै गणना

रुपन्देही । गुल्मीको क्षेत्र नं १ मा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको मतगणनाको परिणाम रोचक बन्दै गएको छ । ६ गतेबाट गणना थालिएको यो क्षेत्रको मत परिणाम सुरुवातको सँगै निकै प्रतिस्पर्धात्मक तरिकाले आउन थालेको थियो ।

यो क्षेत्रबाट ज्ञवाली र भण्डारीको नयाँ प्रतिस्पर्धा नभए पनि पार्टी र जनमतमा उत्तिकै प्रभावशाली भएकाले पनि थप रोचक बनेको हो । एमाले नेता ज्ञवाली ०५६ देखि नियमित लड्दै आएका छन् भने भण्डारी ०६४ देखि । यसअघि तीन पटक आमनेसामने भएका उनीहरूमध्ये ज्ञवालीले जिते उनको चौथो संसद् यात्रा हुनेछ भने भण्डारीले जिते उनको दोस्रो संसद् यात्रा हुनेछ ।

दुई दिनयता हरेक पटक आउने नतिजा कहिले ज्ञवालीको त कहिले भण्डारीको अग्रतामा आउने गरेको छ । पछिल्लो पटक सार्वजनिक भएको परिणाम पनि १९० को अन्तरमा छ । बिहीबार राती १० बजे सार्वजनिक विवरणमा ज्ञवालीले २२०६९ मत ल्याउँदा भण्डारीले २१९४९ मत ल्याएका छन् ।

दुवै जना वैचारिक क्षमतामा अब्बल रहेकाले र एक अर्कामा गालीगलौजको राजनीति नगर्ने भएकाले पनि उनीहरूको नतिजा सबैको चासोमा परेको हो । ज्ञवाली र भण्डारी जसले बाजी मारेपनि तीन अंकभन्दा माथि नजाने दुवै पार्टीका नेताहरूको आंकलन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर