विश्वकपः पोर्चुगल र घानाको पहिलो हाफ गोलरहित बराबरी – Nepal Press

विश्वकपः पोर्चुगल र घानाको पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा समूह ‘एच’ अन्तर्गत पोर्चुगल र घानाले पहिलो हाफ गालरहित बराबरी खेलेका छन् ।
स्टेडिएम नाइन सेभन फोर मा जारी खेलको पहिलो हाफमा दुवै टिमले गोल गर्ने अवसर सृजना गरेपनि फिनिसिङमा चुक्दा अग्रता लिन सकेनन् ।
पोर्चुगल र घाना यसअघि सन् २०१४ को विश्वकपको समूह चरणमा एक पटक मात्रै भेट भएका छन् । उक्त खेलमा पोर्चुगलले घानालाई २-१ गोलको नतिजामा हराएको थियो ।
घना सन् २०१० को विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेको छ ।

यसअघि समूह‘एच’ को पहिलो खेलमा उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । घानाले समूह चरण अन्तर्गत दोस्रो खेलमा सोेमबार दक्षिण कोरियासँग प्रतिस्पर्धा गर्नेछ भने । पोर्चुगलले मंलबार उरुग्वेसँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर